पोखरा । पुन समाज नेपाल आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप खुला क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले सघाउने बताए । पुन समाजले गरेको प्रतियोगिताको आगामी दिनमा निरन्तरताको कामना गरे ।
समाजको स्थापना दिवस अवसरमा आयोजित प्रतियोगिता १९ माघसम्म चल्नेछ । समाजका महासचिव खिमन शेरपुजा पुनले बताए । भेट्रान्सतर्फ उद्घाटन खेलमा पुन समाज ढुंगेपाटनलाई २–० ले हराउँदै पुन समाज नेपाल विजयी भयो ।
यस्तै, पुन समाज रामबजार र लालीगुराँस पुन मगर समाज, लामाचौरबीच दोस्रो खेलमा लामाचौर विजयी भयो ।
खुला क्लबस्तरीय पुरुष भलिबलतर्फ विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले ६६ हजार ६६६ र उपविजेताले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।
४० वर्षमाथिको प्रौढ (भेट्रान्स) भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१