पोखरा । पोखरा फूलबारीस्थित भाष्कर मेमोरियल स्कुलले शनिबार ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । समारोह उद्घाटन गर्दै कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले गुणस्तरीय शिक्षामा जोड दिँदै विद्यार्थीलाई सिर्जनशील बन्न सुझाव दिए । उनले अभिभावक तथा विद्यार्थीको विश्वास जित्न सफल भएकोमा विद्यालयको प्रशंसा पनि गरे ।
विद्यालय संस्थापक निर्देशक विश्वराज बास्तोलाले विद्यालयले व्यावहारिक शिक्षालाई आत्मसात गर्दै आइरहेको स्पस्ट पार्दै विश्वबजारको मागअनुसार नै शिक्षा दिन खोजेको औंल्याए । उनले आगामी वर्षमा सिंगारपटार तथा व्युटीसियन शिक्षालाई पनि समेट्दै जाने उल्लेख गरे ।
त्यस अवसरमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावक डा. रत्नशीला बास्तोला, विद्यालय अध्यक्ष माधवी बास्तोला लगायतले पनि धारणा राखे ।
विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै सहप्राचार्य टीकाराम पौडेलले सबैको साथ सहयोगबाट विद्यालय यहाँसम्म आइपुगेको चर्चा गर्दै शैक्षिक गुणस्तर बृद्धि विद्यालयको एकमात्र अर्जुनदृष्टि रहेको बताए । उनले विद्यालय र काठमाण्डौं विश्वविद्यालय बीचको सहकार्यलाई अझै बलियो बनाउँदै जाने पनि बताए ।
त्यस अवसरमा दीर्घसेवाबाट शिक्षक नन्दलाल सेवा, १० वर्ष पूरा गरेकोमा शिक्षक पवनप्रसाद गौतम र कर्मचारी सीता खनाल जैसी शर्मालाई नगदसहित सम्मान गरियो ।
गत वर्षको एसइईमा उत्कृष्ट नतिजा ल्याउने निश्चल अधिकारी र प्रार्थना झा पनि पुरस्कृत भए ।
कार्यक्रमबीच विद्यार्थीले नृत्य, गीत, नाटक लगायत विभिन्न सांस्कृतिक प्रस्तुति राखे । शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गरियो ।
समाजसेवी पं होमनाथ बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी स्वस्तीका लामिछानेले स्वागत गरिन् । शिक्षकद्वय सुरेश बराल र सिर्जना पौडेलले कार्यक्रम सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१