पोखरा । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट विजयी ३ जनालाई शुक्रबार पोखरामा सम्मान गरिएको छ । नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकीले गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित किरणबाबु श्रेष्ठ र पदम परियार, नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित मनरुपा शर्मालाई सम्मान गरियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासहित अन्य नेताहरुले विजयीलाई बधाई ज्ञापनसहित सम्मान गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य किरण पौडेलले प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले स्थापनाकाल देखि नै संघर्ष गर्दै आएको बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक दलहरु बीचमा मेलमिलापको आवश्यकता बढेको तर प्रमुख पार्टीप्रति जनताको वितृष्णा बढेको देखिएकोले पार्टीको जिम्मेवारीमा रहेकाहरु गम्भीर बन्नुपर्ने खाँचो औंल्याए ।
कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनता र देशलाई केन्द्रमा राखेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै पार्टी स्थापना भएको ७८ वर्षसम्म आइपुग्दा धेरैले ज्यानको बलिदानी दिएको बताए । उनले शान्ति, स्थिरता र विकासको लागि आगामी दिनमा पनि कांग्रेसको भूमिका अझ धेरै बढेको बताउँदै नेपाली जनतालाई सर्वाेपरी राख्दै संविधानको मर्म र भावना अनुसार साझा एजेन्डा तयार गरेर पार्टीहरु अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरू किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य टीकाराम पौडेल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, नेकपा माओवादी केन्द्रका गुणाखर बस्याल, नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य कमला पन्त, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, नेका गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ र कल्पना तिवारी, प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने लगायतले नेकाको स्थापनादेखि हालसम्मका गतिविधि र अन्य पार्टीसँगको सम्बन्धका बारेमा भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
व्यक्तिगत गाली–गलौज बन्द गरी वामपन्थी शक्ति एक हुन मुख्यमन्त्री अधिकारीको आग्रह
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१