पाेखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको संविधानले कसैको पनि बहुमत नआउने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानकै व्यवस्थाका कारण चुनावमा दलहरुबीच गठबन्धन गर्नुपरेको बताए । उनले गठबन्धनबिना पार्टीलाई जिताउने र बहुमत आउने अवस्था बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था छैन । बहुमत नहुने भएपछि कोही न कोहीसँग गठबन्धन गर्नैपर्यो नि,’ उनले भने, ‘गठबन्धन नगरिकनै जित्ने पार्टी बनाउनुस् न । गठबन्धन नगरी पार्टी बलियो बनाउनुस् न । म पनि खुसी हुँला नि ! तर गर्ने के ? एक पटक सत्ता गयो, शेरबहादुरले बिगार्यो भन्नुभयो, मैले फेरि ल्याएँ ।’ संसारभर सत्ताकै लागि निर्वाचन हुने भएकोले चुनाव जित्ने गरी लाग्नुपर्ने उनको तर्क छ ।
देउवाले नेपाली कांग्रेस मास बेस्ड पार्टी भएकोले खुला रुपमा सदस्यता वितरण गर्नुपर्ने बताए । ‘कांग्रेस मास बेस्ड पार्टी नै हो । हाम्रो दुईखाले सदस्यता छ । हामीले सुरुमै एउटै सदस्यता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तपाईंहरुको सुझाव राम्रो छ । महासमिति बैठकमा छलफल गर्छौं । यो गर्दा उचित हुन्छ, राम्रो हुन्छ ।’ सबैभन्दा ठूलो जनता भएकाले जनसेवामा खटिन सबैलाई उनले आग्रह गरे । ‘सबैभन्दा ठूलो कुरा जनता हो । जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले अघि भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’
समानुपातिक समावेशी सिद्धान्त नेपालले अंगिकार गरेर विश्वलाई उदाहरण प्रश्तुत गरेको देउवाले बताए । ‘नेपाल सबैको देश हो । दलितको देश हो, महिलाको हो, जनजातिहरुको हो । सबैको देश भएको हुनाले सबैको सहभागिता हुन जरुरी छ,’ उनी अघि भन्छन्, ‘यो संविधानमा समावेशी समानुपातिक विषय राम्रो छ । भारतमा अहिले बल्ल ३३ प्रतिशत महिलालाई प्रतिनिधित्व गराउने कुरा छलफल भैरहेको छ । अरु देशमा पनि यो अवस्था छैन ।’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी जहाज आउजाउ गर्न नसक्ने बताए । पोखरा पर्यटनको राजधानी घोषणासँग जोडेर एयरपोर्ट सञ्चालन विषय उठाएका हुन् । ‘एयरपोर्ट नेपालको आन्तरिक हिसाबले नै चलाउने हो । नेपाली आन्तरिक जहाज उडाउनुपर्छ । विदेशी जहाज पोखरा आउन सक्दैन भन्छन्,’ उनले भने, ‘पोखरा पर्यटनको राजधानी नै हो । नेपालमा फेरि विदेशी पर्यटकको संख्या बढेको छ । रेमिट्यान्स आएको छ । नेपाल सम्पन्न हुँदै छ । पोखराको भविष्य राम्रो छ ।’ फेवाताल संरक्षणमा लाग्न उनले अपिल गरे । ‘ताल बचाउनुपर्छ । यो बचाए पो पर्यटक बढ्छन् । अझै सुन्दर पोखरा बनाउन सकेको खण्डमा पर्यटकहरु यहीँ आउँछन्,’ देउवाले भने ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१