पोखरा । २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । शनिबार फेवातालमा भएको खुला डुंगा दौडमा स्विमङपुल घाट ‘ए’ प्रथम भयो । गौरीघाट द्वितीय र वाराहीघाट तृतीय भए । उनीहरुले क्रमशः २०, १० र ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरे ।
त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितीय तथा नेपाल टुरिजम भ्यान एसोसिएसन तेस्रो भए ।
सडक महोत्सवमै भएको वेटर रेसमा व्यञ्जन रेस्टुरेन्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ द्वितीय तथा बेञ्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमशः १०, ७ र ५ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
वेट्रेस रेसतर्फ व्यञ्जनकी मोनिका नेपाली प्रथम, ब्यञ्जनकै माया घले दोस्रो र बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले क्रमशः ७, ५ र ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
मम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ प्रथम, गोविन गाहा दोस्रो र खगेन्द्र अर्याल तेस्रो भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्वितीय र विष्णु थापा मगर तृतीय भए ।
विजयीलाई आयोजक रेवान पोखराका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक वीरेन्द्र लामा, रेवान पूर्व अध्यक्ष बलराम पहारी, भीमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१