पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक सहारा क्लब पोखरा तयारीमा जुटेको छ।
हिमश्री फुड्सको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिता नेपालमै नियमितरुपमा सञ्चालन हुने एकमात्र प्रतियोगिता हो।
यसैबीच, मंगलबार क्लबका पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकद्वारा क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सदस्यीय मूल आयोजक समिति एवं १०१ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ । प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मूल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी सर्वसम्मत चयन भए।
यसपालि पनि नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने आयोजकले जनायो।
प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने अध्यक्ष बरालले बताए । गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हुन्।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१