कास्कीको तत्काली पोखरा नगर पञ्चायत वडा नं. ४ गणेश टोल निवासी राबहादुर कोइराला र ईश्वरी कोइरालाका माइला पुत्ररत्न लोकेन्द्र कोइराला २०३२ साल पुस १० गते जन्मिएका हुन् । पोखरा गैह्रापाटनस्थित नवीन माविबाट आफ्नोे अध्ययन सुरु गरेका कोइरालाले पृथ्वीनारायण क्याम्पसबाट एम ए, बिएल पूरा गरेका थिए ।
२०५६ असार ३० गते मुना रानासँग वैवाहिक सम्बन्धमा रहेका कोइराला संस्कार कोइराला एक सुपुत्रका साथमा सामाजिक, पारिवारिक जीवनमा सक्रिय थिए ।
कोइराला विद्यार्थी जीवनमै देश समाजमा सकारात्मक परिवर्तनको चाहना राख्ने उत्साही व्यक्तित्व रहेकाले नेपाल विद्यार्थी संघको सदस्य रही समाजका विविध समस्या समाधान र देश विकासका निरन्तर सक्रिय रहँदै आएका थिए ।
उनी मिलनसार, मृदुभाषी, सबैको भलो चिताउने, निर्भीक र न्यायको पक्षमा सधैं लागिरहने जुझारु थिए । आफ्नो विचारमा अडिग कोइराला परिवारमा होनहार सदस्य थिए । उनी कानुन व्यवसायीको रुपमा डिएलए कास्कीको सदस्य भएर सांगठनिक रुपमा सक्रिय रहे । विद्यार्थी कालदेखिको राजनीतिप्रतिको सक्रियताका कारण मातृपार्टी नेपाली कांग्रेसमा कुशल संगठक र संगठन निर्माणमा सधैं लागिरहने तर पदलोलुपता नभएका उनी ‘कर्म गर फलको आश नगर’ गीता सारबाट प्रभावित व्यक्तित्व बनाएका थिए ।
सामान्य जीवनमा सधैं आत्मनिर्भर रहन रुचाउने कोइराला विभिन्न संस्था, उद्योग, व्यापारमा संलग्न रहँदै २०७९ माघदेखि पोखरा न्युरोडमा मायरा किचन रेस्टुरेन्टमार्फत् सेवा प्रारम्भ गर्दै नेतृत्वमा थिए ।
देश, समाज र नेपाली कांग्रेस पार्टीमा उनले पुर्याएको योगदान महत्वपूर्ण रहँदै आएको छ । गत मंसिर ८ गते देब्रे छातीमा पीडा महसु गरी परिवारको सहयोगमा उपचारका लागि फिस्टेल हस्पिटलको इमर्जेन्सीमा पुगेका उनी हृदयघातबाट उपचारकै क्रममा ४८ वर्षको उमेरमा ब्रह्मलीन भए । हाम्रा मुटुका टुक्रा, अत्यन्त प्यारा लोकेन्द्रको वैकुण्ठबासको लागि प्रार्थना गर्दछौं ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१