पोखरा । प्रथम केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन बनेको हो ।
१३६ रनको विजयी लक्ष्य पाएको आर्मी पूरै २० ओभरमा ७ विकेट गुमाएर १२४ रनमात्र बनाउन सक्यो।
मधेशका लागि कप्तान हरिशंकर शाहले ४ विकेट लिए । उनले मात्र १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने पर्थिक यादवले १ विकेट लिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा भएको फाइनलमा टस जितेर मधेशले थालेको आक्रामक ब्याटिङमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
मधेसका विशाल पटेल सर्वाधिक ४९ रन बनाउँदै अविजित रहेका थिए । आर्मीका साहव आलम र विवेक यादवले समान ३ विकेट लिए पनि हार टार्न सकेनन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१