पोखरा । तुलसीमान श्रेष्ठ स्मृति समाज काठमाडौंले पोखरा निवासी प्राडा कुसुमाकर न्यौपानेलाई सम्मान गर्ने भएको छ ।
मंसिर २३ गते नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा विशेष कार्यक्रम गरी प्राडा न्यौपानेलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मानद्वारा पुरस्कृत गर्न लागिएको समाजले जनाएको छ ।
यसअघि उक्त सम्मान सत्यमोहन जोशी, प्राडा चूडामणि बन्धु, तुलसी दिवस लगायतलाई प्रदान गरिएको छ ।
पर्वत पैयुँ–६, डाँडाकाहुँमा जन्मेका न्यौपानेले विसं २०४५ सालदेखि त्रिवि अन्तर्गत पोखराका विभिन्न क्याम्पस तथा शैक्षिक संस्थामा प्राध्यापन गरे।सेवा निवृत्त उनी हाल अनुसन्धान तथा लेखन कार्यमा निरन्तर क्रियाशील छन् । उनका कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पती र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोकरामायण (२०६५), कस्केली जातजाति र उखान (२०६९), दशावतार बालन लोकनाटक (२०६९), नेपाली लोकगीतका सन्दर्भ (२०७०), नेपाली लोकगीत (२०७०) लगायतका अनुसन्धानमूलक पुस्तक प्रकाशित छन् ।त्यस्तै केही कृति प्रकाशोन्मुख रहेका छन् ।
न्यौपानेले शिक्षादिवस पदक (२०५६), प्रतिभा पुरस्कार (२०६७), सिर्जनशील काजीरोसन साहित्यिक पुरस्कार (२०६७), अनेसास रतन झा स्मृति उत्कृष्ट पुरस्कार (ई.२०११),नेपाल विद्याभूषण क (२०६८), अनेसास हरिभक्त कटुवाल स्मृति सर्वोत्कृष्ट पुस्तक पुरस्कार (ई.२०१३), साझा लोकसाहित्य पुरस्कार, त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदक २०७४, गीताञ्जली साहित्यरत्न पुरस्कार (२०७६) लगायतका पुरस्कारका साथै दर्जनौँ सम्मान पनि प्राप्त गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१