राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
deuwa

नवलपुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र कुनै हालतमा नफर्कने बताएका छन् । सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘हामी (कांग्रेस) लाई अब पूर्व राजा राजाको रुपमा चाहिएको छैन ।’ उनले राजाको पक्षमा आन्दोलन चलिरहेको बेला आफूलाई राजाको विषयमा किन बोलेन भनेर सबैले भन्ने गरे पनि संविधानले हटाइसकेको राजाको बारेमा बोल्नुको औचित्य नभएर आफू नबोलेको जिकिर गरे ।

उनले भने, ‘हामीलाई राजतन्त्र चाहिंदैन, संविधानले राजा फालिसकेको छ । यसको विषयमा बोल्नुको अर्थ छैन, अब कुनै पनि हालतमा राजा फर्कंदैन ।’

उनले धर्मनिरपेक्षता विषयमा भने पुनर्विचार गर्न सकिने बताए । उनले भने, ‘धर्मनिरपेक्षताको विषयमा छलफल गर्न सकिन्छ । तर राजतन्त्र कुनै हालतमा फर्कंदैन । गणतन्त्रलाई मजबुद गराउनु पर्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग