पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनलमा नवलपुरलाई १८ रनले पराजित गर्र्दै कास्कीले उपाधि जितेको हो । कास्कीले उपाधिसहित नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गरे ।
नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई होम ग्राउन्डमा पूरै २० ओभर खेल्दै ८ विकेट क्षतिमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए ।
नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिए ।
१४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई व्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काएपछि नवलपुरले सम्हालिने मौका नै पाएन । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए । नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका गोविन्द विकालाई मुस्कान थापाबाट क्याच आउट गराए ।
१४ जेठदेखि सुरु प्रतियोगिताको म्यान अफ दि सिरिज नवलपुरका अपराजित पौडलले जिते । उनी बेस्ट बलर घोषित भए । वेस्ट ब्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । फाइनलमा म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बने ।
विजयीलाई कार्यक्रम संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोरखा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दीको गरी ८ टिमले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
कास्की जिल्ला क्रिकेट संघको पाँचौं साधारणसभा
प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’
भारतले जित्यो टी–ट्वान्टी विश्वकप
स्याङ्जालाई क्रिकेट उपाधि
गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१