पोखरा भलिबललाई ग्यालेक्सी एसइई भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
Galaxy volleyball

पोखरा । द्वितीय ग्यालेक्सी एसइई भलिबल प्रतियोगिताको उपाधि पोखरा भलिबल ट्रेनिङ सेन्टरले जितेको छ ।

पोखरास्थित न्यु ग्यालेक्सी स्कुलद्वारा आयोजित प्रतियोेगिताअन्तर्गत शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा जनकल्याण युवा क्लबलाई पराजित गर्दै पोखरा भलिबल ट्रेनिङ सेन्टरले उपाधि जितेको हो ।

८ टिम सहभागी प्रतियोगिताको फाइनलमा पोखरा भलिबल ट्रेनिङ सेन्टरले जनकल्याणमाथि २४–१९, २४–२६ र १८–२४ को सेटमा जित हासिल गरेको हो ।
विजेता पोखरा भलिबल ट्रेनिङ सेन्टरले नगद १० हजार र उपविजेता जनकल्याणले ५ हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।

प्रतियोगितामा जनकल्याणका क्रिस मल्ल ठकुरी सर्वोत्कृष्ट र पर्वत कुँवर बेष्ट स्पाइकर खेलाडी घोषित भए ।

उनीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, न्यु ग्यालेक्सी स्कुलका प्राचार्य डा. रामजी शर्मा, सहायक प्राचार्य राजेश भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

अध्यक्ष बानियाले खेलकुद खेल्नका लागि नभई मनोरञ्जन र स्वास्थ्यका लागि पनि भएको बताए । उनले भलिबल खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महŒवपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रतियोगिताका लागि खेलकुद विकास समितिले ध्यान दिने स्पष्ट पारे ।

विद्यालयका प्राचार्य डा. शर्माले विद्यालयबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदसँगै अध्ययनलाई पनि निरन्तरता दिन खेलाडीलाई आग्रह गरे ।

आर्थिक अभावका कारण कक्षा ११ र १२ को अध्ययनबाट बञ्चित हुनु नपर्ने भन्दै त्यस्तो भएमा विद्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे ।
कार्यक्रममा विद्यालयमा सहायक प्रधानाध्यापक भण्डारी, शैक्षिक विभाग प्रमुख भरत भण्डारी र प्रतियोगिता संयोजक क्या. वीरबहादुर गुरुङले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width