अरण्यज्योति र माछापुच्छे«को विजयी सुरुआत

आदर्श समाज सम्वाददाता
जेठ २, २०८०
cricket~main

पोखरा । आयोजक अरण्यज्योति क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लबले सोमबारदेखि सुरु लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा विजयी सुरुआत गरेका छन् ।

अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा आगामी ८ जेठसम्म चल्ने प्रतियोगितामा कास्की, काठमाडौं, बागलुङ, तनहूँका गरी ८ टिमले भाग लिएका छन् ।

उद्घाटन खेल किङ्स क्रिकेट क्लब, काठमाडौंलाई ५७ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लब, पोखराले जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छ्रेले पूरै १६ ओभरमा ४ विकेट गुमाउँदै १३० रनको लक्ष्य पस्केकोमा किङ्स अलआउट हुँदै ७२ रनमा मात्र समेटियो । प्लेयर अफ दि म्याच माछापुच्छ्रेका राजु गुरुङ बने ।

अर्को खेलमा आयोजक विजयी भयो । बागलुङ क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै आयोजकले विजयी सुरुआत गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको उसले पूरै २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोडेको थियो । जवाफी ब्याटिङमा बागलुङले ९ विकेट गुमाउँदै १०३ रनमात्र जोड्न सक्यो । जितमा ५२ रनको अर्धसतकीय पारी खेलेका अमरसिंह रौटेला प्लेयर अफ दि म्याच घोषित भएको क्लब सचिव विधान श्रेष्ठले बताए ।

लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ । ८ विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् ।

प्रतियोगिता उद्घाटन गर्दै क्यानका बोर्ड सदस्य ऋषिराम गौतमले आर्थिक मन्दीको बेलामा पनि विभिन्न प्रायोजक जुटाएर अरण्यज्योतिले क्रिकेट प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै निरन्तरताको कामना गरे । प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य समेत रहेका गौतमले यसखालका प्रतियोगिताले नयाँ प्रतिभा प्रस्फुटनमा पनि सघाउ पुग्ने तथा सिक्ने र सिकाउने थलो हुने बताए ।

आयोजक क्लब अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष देवेन्सन प्रजू, कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, मुख्य प्रायोजक लुम्बिनी विकास बैंकका तर्फबाट लामाचौर शाखा म्यानेजर नवीन तझ्या, भगवान् श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतियोगितामा आयोजकसहित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिएका हुन् ।

प्रतियोगितालाई बजगाइज् सोसाइटी, स्तुपा एजुकेस्नल कन्सल्ट्न्सी, अन्नपूर्ण केबल कार, कास्की क्रिकेट एसोसिएसन लगायत संघसंस्थाले सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…

hero news full width