पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत् निशुल्क स्वास्थ्य शिविर भएको छ ।
बरेङ गाउँपालिकाको व्यवस्थापनमा सर्वोदय माविमा भएको शिविरमा ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए । शिविरमा नाक, कान, घाटी, हाडजोर्नी, मुटु, छाती, पेट, स्त्रीरोग, सुगर, थाइराइड लगायत रोगको परीक्षणसहित भिडियो एक्सरे, इसिजी, रगत तथा पिसाब परीक्षण समेत गरिएको थियो ।
शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले युनाइटेड क्लबले दुर्गम गाउँमा आइ शिविरको आयोजना गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, निम्न आयस्तर भएका नागरिकलाई राहत प्रदान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा वडा १ का अध्यक्ष नरसेङ पुन, डा. सरोज पोख्रेल, कार्यक्रम संयोजक जयराम आचार्य लगायतले बोलेका थिए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत र महासचिव दिनेश सुनारले सञ्चालन गरेका थिए ।
शिविरमा डा. नारायण ओझा, डा. सरोज पोख्रेल, डा. झपिन्द्र पोख्रेल, डा. आनन्द भट्टराई, डा. आकाशमण्ाि भण्डारी, डा. सुस्मित काफ्ले, डा. मिलन तिवारी, डा. ऋतिका अधिकारी, डा. ऋषि थापा, डा. ऋषिका चन्द, डा.रजनी राना मगर, डा. पदमबहादुर पुन लगायत प्राविधिक खटिएका थिए ।
पोखरा महोत्सव आयोजना गरी बचत रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबले प्रत्येक वर्ष विकट गाउँमा शिविर आयोजना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१