मेयरको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
premlal-shing-kanu

मेयर साह

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसइई दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फ सिम्बोल नम्बर ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइँ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width