पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६ औं कार्यपालिका बैठक शनिबार खुमैंडाँडामा भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रीत भएको उनले बताए ।
‘केही महिना यता हाम्रो पालिकामा पर्ने खुमैं डाँडामा पर्यटकको आगमन धेरै भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘पाहुनाहरु त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।’
बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनिकरण, सरसफाई, कार्वन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए । ‘खुमैंडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाईमा ध्यान दिने अनि कार्वन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुप¥यो भन्ने निर्णय भएको छ,’ उनले भने ।
खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको संख्या बढ्दा त्यहाँका ३ होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुन्द्री सतहबाट ३२४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट २ घण्टा हिंडेर कोर्चां पुगिन्छ । कोर्चाङ ३६८२ मिटरको उचाईमा छ ।
स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट २ दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३.३ किलोमिटर मोटर यात्रामा पुगिन्छ । त्यसपछि ५ देखि ७ घण्टको हिंडाईपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका वडा नं १ का वडाध्यक्ष ईन्द्रबहादुर गुरुङले जानकारी दिए ।
खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलीपल्ट बिहान २ घण्टाको हिडाईंपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने वडाध्यक्ष गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१