देशमा दलित र उत्पीडितहरुको एक वर्ग छ, जो सधैं दलित र उत्पीडित भएरै रहिरहेका छन् । देशमा ठूलठूला परिवर्तन भए, क्रान्ति भए, त्यो परिवर्तन र क्रान्तिले भुइँका मान्छेहरुलाई सिंहदरबारमा पु¥याए, तिनीहरुको काँचुली फेरिए, रहनसहन अर्कै–अर्कै भयो, जान्ने बुझ्ने भए, सभ्य भए, योग्य भए । देशमा उत्थान र विकासको जे–जति काम हुन्छ, तिनी काम पनि उनीहरुकै लागि हुन्छ । दलित र उत्पीडितका लागि सोच्ने पनि कोही भएनन् । उनीहरुका लागि बोलीदिने पनि कोही भएनन् । उनीहरु अहिले पनि निरीह र विचरा भएर रहनुपरेको छ, त्यसरी रहन बाध्य हुनुपरेको छ । तिनीहरु त्यसरी किन के कारणले रहनु पर्यो, त्यो बुझ्न सकिने कुरा हो । तर तिनीहरुको उत्थान र विकासका लागि गठित आयोग आदि पनि त्यसै भएर रहेका छन् । बिनाबजेटका उपेक्षित छन् ।
दलितहरुले त्याग नगरेका होइनन् । देशमा भएका परिवर्तन र क्रान्तिमा दलितहरुको ठूलो भूमिका थियो । कुनै बेला माओवादी नेताहरुले तिनीहरुको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दथे । तर त्यसपछि नेताहरुले दलित एवं उत्पीडितलाई भुल्दै गए । तिनीहरुको योगदान बिर्संदै गए । हुँदाहुँदै तिनीहरु फेरि एक पटक अशिक्षित, अबुझ र अयोग्यमा परिणत भए । कहीं कतै राख्दा स्तर नमिल्ने भन्दै उपेक्षा गरियो । नीति निर्माण तहमा पुगेका उपल्लो जातकाहरु जति माथि पुग्ने, उति दलित उत्पीडित तल झर्दै गए । झार्दै गए । यत्तिसम्मकी यो चुनावमा एक जना मात्र दलित संसदको निर्वाचनमा लड्ने अवसर पाए । प्रत्यक्षतर्फको १ सय ६५ सिटमा १ मात्र दलितले असर पाउनुलाई के पाएको भन्ने ? यसमा अगुवा दलित नेताहरुको धेरै चित्त दुखाएका छन् ।
दलित आफंै दलित भएका होइनन्, उत्पीडित वर्ग आफैं उत्पीडित भएका होइनन्, तिनीहरुलाई समाजका शोषक सामन्तले दलित उत्पीडित बनाएका हुन् । धर्म र संस्कृतिले दलित बनाएका हुन् । जातीय भेदभावले मुक्त भएको वर्णश्रम व्यवस्थापनले दलित र उत्पीडित बनाएका हुन् । त्यसरी भावनाले अझैं जरा गाडेर बसेको छ । जसको कारण आज पनि त्यो वर्ग दलितै भएरै रहनुपरेको छ, उत्पीडितै भएर रहनुपरेको छ । समय धेरै परिवर्तन भएको छ । २१ औं शताव्दीको पनि २२ वर्ष हामीले पार गर्दछौं । तर पनि हाम्रो मानसिकतामा परिवर्तन नआउनु दुखको कुरा हो । यसमा गम्भीर किसिमले सोच्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१