पोखरा । नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार सुनारले धितोमा राखेर कर्जा लिएको र लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएका कारण शङ्का लागि जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुलासा भएको थियो । अनुसन्धानका क्रममा निजले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा जाँचका लागि पठाइएको र कमसल सुन प्रयोग गरी बनाइएको गहना भन्ने पुष्टि भएपछि प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।
सुनारले पोखरा–१७ बिरौटास्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र पोखरा–८ पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट रु २४ लाख पाँच हजार कर्जा लिएका थिए । सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । रासस
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१