साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को ३१ औं स्थापना दिवसको सन्दर्भमा पोखरा क्षेत्रका सहकारी संस्थासँग अन्तरक्र्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागीले सहकारीमा देखिएका समस्याका कारण, त्यसलाई निराकरणका उपाय र सहकारीको गुणस्तरीय सेवा दिने विषयमा नेफ्स्कुन र सहकारी अभियन्ताबीच एकमत भएर अगाडि बढ्नु पर्ने समय आएको बताए ।
जिल्ला सहकारी संघ लि. कास्की अध्यक्ष सावित्रा कोइरालाले नेफ्स्कुनले गर्ने सहजीकरण र मार्गनिर्देशन सराहनीय भएको बताइन् । तरलता समस्याले राष्ट्रलाई नै गाजीरहेको अवस्था रहेको बताउँदै उनले यदाकदा सहकारीमा देखिएका समस्या सहकारीको नाममा संस्था सञ्चालन गरी सिद्धान्तभन्दा बाहिर जाँदा समस्या आएको बताइन् । उनले नियामक निकायले अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाउन नसक्ने तर संस्था दर्ता गरिरहने परिपाटीले सहकारीलाई झन् भद्रगोल बनाउन हो कि भन्ने शंकासमेत व्यक्त गरिन् ।
कास्की बचत संघका अध्यक्ष भेषराज बरालले मनपरी गर्ने सहकारी संस्थाले गुणस्तरीय सहकारीको पनि छवि धुमलिएको र धेरै बोनसको नाममा सदस्यलाई लोभ्याउने सहकारी नै ढिलोचाढो समस्यामा परेको बताए ।
को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले सरकारले सहकारीलाई थोपरेको कर फिर्ता तथा ऐन संशोधन र सहकारीका सबलीकरणका विषयमा नेफ्स्कुनले मुख्य भूमिका तथा अभिभावकत्व खेल्नु पर्ने बताए ।
उनले सहकारीको स्थिरिकरण कोषको परिचालन र महत्वका विषयमा प्रारम्भिक सहकारी संस्थालाई बुझाउन आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा नेफ्स्कुनका अनुगमन अधिकृत सूर्यप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका थिए भने पोखरा रोयल सहकारी संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ, संगम सहकारीका अध्यक्ष निरज थापा, आस्था सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका निवर्तमान सञ्चालक सदस्य भीम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेफ्स्कुन उपसमिति सदस्य जगन्नाथ अधिकारीले गरेका थिए ।
नेफ्स्कुन पोखरा फिल्डअन्तर्गत गण्डकी प्रदेशका ७ जिल्लाका ३ सय ६४ सहकारी सदस्य रहेका छन् भने ८४ करोड लगानी गरेको उक्त संस्थाको २ अर्ब बचत संकलन छ ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१