पोखरा । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले मंगलबार भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोनमध्ये एक हो । भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिकरूपमा ४१ हजार ९ सय ९९ र ८+२५६ जीबी संस्करण ४६ हजार ९ सय ९९ मा उपलब्ध छन् । यी दुवै संस्करणमा ३ हजारले मूल्य घटेको छ र नयाँ मूल्य मे १ देखि देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटमा लागु हुनेछन् ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी सधैं हाम्रा प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्न लागि परेका छौं । यो मूल्य घटेको घोषणासंगै हामी नेपालको ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौं भन्ने आशा गरेका छौ । भी२३ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिहरूको साथ डिजाइन गरिएको छ र हामी यस लोकप्रिय उपकरणको मूल्य घटेको घोषणा गर्न पाउँदा उत्साहित छौं जसले प्रयोगकर्ताहरुलाई सुन्दर तथा रचनात्मक तस्वीरहरु खिच्न मद्दत गर्नेछ ।’
हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्र्रेट छ । यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् । भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड-एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौ उत्कृष्ट प्रदर्शन गर्दछ ।
भी२३ई ८जीबी र्याम र १२८जीबी वा २५६जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित र्याम २.० को साहयताले १२जीबी बराबरको अनुभव प्राप्त गर्न ८जीबी र्यामलाई विस्तार गर्न सकिन्छ । यसबाहेक, यस स्मार्टफोन ४०५० एमएएच ब्याट्रीद्वारा संचालित छ, जसमा ४४ वाट फ्ल्यसचार्ज छ । भिभो भी२३ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन्।
७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंग फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङ आधारमा छनोट गरिएको छ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१