काठमाडौं । कात्तिकको सुरुबाट भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा रु एक अर्ब पाँच करोडको क्षति भएको छ । अझै पनि विवरण सङ्कलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ ।
वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष वर्षा सुरु भएदेखि गत असोज मसान्तसम्ममा रु दुई अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्याङ्क छ । यस वर्ष वर्षा सुरु भएयता मात्रै २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले जनाएको छ । कात्तिक १ गतेबाट १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजङग थापाले बताउनुभयो ।
उहाँका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “बझाङमा सडक खुलाउन बढी समय लाग्नसक्ने देखिएको छ ।” पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको विभागले जनाएको छ । डडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ । महानिर्देशक थापाले भन्नुभयो, “सेती नदीले सडक नामै नराखेर बगाएको छ ।”
धनगढी–सहजपुर–वुडर–स्याउेले,सतबाँझ–थाकतोली–दार्चुला– तिङ्कर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । तीन सय मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको जनाइएको छ ।
मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा क्षतविक्षत रहेको विभागले जनाएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाले बताउनुभयो । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । उक्त खण्डमा सुख्खा नभइ खुलाउन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । उहाँले भन्नुभयो, “अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्नसक्छ ।” बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाट नै कणार्लीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुनसक्ने बताइएको छ ।
यसवर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौ महिनासम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत् गर्न कठीन थियो । साढे दुई महिना लगाएर विभागले केही समय पहिले मात्रै सडक खुलाएको थियो । असारदेखि नै अवरुद्ध सडक दसैँअघि खोलिएको थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल बगाएकामा पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ ।” सडक विभागले आफ्ना ३० डिभिजन कार्यालय, चार सङ्घीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्युपमेन्ट कार्यालयमार्फत अवरुद्ध सडक खुलाइरहेको छ । विभागले वर्षा सुरु हुनु पहिले नै कुनकुन क्षेत्रमा बढी जोखिम अनुमान गरेर उपकरण राखेको उहाँले जानकारी दिनुभयो । विभागले बेवसाइटमा नै अवरुद्ध सडकका बारेमा नागरिकलाई जानकारी दिने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुन राजमार्ग कुन ठाउँमा, कति बजेबाट अवरुद्ध भएको र कहिलेसम्म खुल्ने भनी विवरण राख्ने गरिएको छ ।” विभिन्न क्षेत्रबाट विभागले सडक बनाउँदा नै ध्यान नदिएका कारणले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको बताउने गरेको छ । आइतबारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदहरुले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिराको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने उहाँहरुको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताउनुभयो । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले सडक नदीभन्दा उचाइमा बनाउँदा पनि लेदोले गर्दा नदीको सतह बढिरहेको छ ।”
Related News
सम्बन्धित समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
झोलाबाट अफिस चलाउँदै बाल संगठन
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१