पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाइका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउपुँजी संकलन गरेर समूहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गरे । उनले एकलभन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिए । अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे । उनले नयाँ प्रविधिमार्फत् व्यावसायिक परियोजना गरे केन्द्रले सहयोग गर्ने बताए ।
‘कोभिड १९ का कहरले उद्योगी व्यवसायीलाई आफैं उत्पादन गरेर आत्मनिर्भर बन्न सिकाएको छ,’ अध्यक्ष मल्लले भने, ‘रोजगारीको लागि विदेश जाने होइन । विदेशका उत्पादित सामान ल्याएर बेच्ने सजिलो व्यवसाय गर्ने हँुदैन ।’ उनले मिल्दोजुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिए । अध्यक्ष मल्लले पोखरामा इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनका चेम्बरले सहकार्य गर्ने उल्लेख गरे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनीलकुमार शाहीले उद्योग व्यवसायको प्रवद्र्धनका लागि स्थानीय प्रशासनले निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले निजी क्षेत्रका संघ संस्थाहरु एक आपसमा प्रतिस्पर्धी नभएर साझेदार भएको उल्लेख गरे । उनले उद्योगी व्यवसायीका एजेन्डामा निजी क्षेत्र एक ठाउँमा उभिने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्योग तथा व्यवसाय क्षेत्रका सवाललाई सामूहिक र संस्थागत रुपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले संघ संस्थासँग समन्वय र सहकार्य गरेर निजी क्षेत्रको समस्या हल गर्ने बताए । उनले बैंक व्याज तथा कोभिड १९को कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेको दाबी गरे । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष, यमनाथ पौडेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव नवराज आचार्यलगायतले कोभिड १९ले उद्योग व्यवसायमा परेको असरबारे बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१