पोखरा । लकडाउन खुकुलोसँगै जनजीवन सहज बन्दै गए पनि गण्डकी प्रदेशमा कोरोना जोखिम कायमै छ । परीक्षण गरिएकामा मध्ये झण्डै आधामा संक्रमण देखिने गरेको छ ।
गण्डकीमा बिहीबार १ हजार ३२ जनाको नमुना परीक्षण भएकोमा करिब ४६ प्रतिशत अर्थात् ४ सय ७१ जनामा कोभिड–१९ पुष्टि भएको हो । यो संख्या एक महिनायताकै सबैभन्दा उच्च हो । यसअघि गत असार ८ मा प्रदेशमा ४ सय ८० जनामा संक्रमण देखिएको थियो । त्यस दिन भएको १ हजार ७ सय ९६ परीक्षणमा कुल संक्रमित करिब २७ प्रतिशत हुन आउँछ । त्यसको तुलनामा बिहीबार देखा परेको संक्रमण दर हेर्दा थप सचेतना अपनाउनुपर्ने हुन्छ ।
गत साउन ५ मा पनि परीक्षण तुलनामा संक्रमित धेरै देखा परेका थिए । त्यसदिन १२ सय नमुना परीक्षणमा ४ सय ३८ मा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयल जनाएको छ । एक महिना अवधिमा सबैभन्दा कम असार २६ मा मात्र १ सय २५ मा संक्रमण भेटिएको थियो । त्यस दिन ८ सय ८८ को नमुना परीक्षण भएको थियो ।
प्रदेशका ११ जिल्लामध्ये बिहीबार कास्कीमा मात्रै २ सय ७४ जनामा संक्रमण देखा परेको छ । तीमध्ये १ सय ३९ पुरुष र १ सय ३५ महिला हुन् । कास्कीमा सक्रिय संक्रमित संख्या अझै पनि हजार माथि छ । जिल्लामा १ हजार २ सय ६८ जना सक्रिय संक्रमित छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीपछि सबैभन्दा बढी नवलपुरमा ५७ र गोरखामा ३९ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, तनहुँका ३४, बागलुङका ३१, स्याङ्जाका २१, म्याग्दीका ७, पर्वतका ५ र लमजुङका ३ जनामा संक्रमण देखा परेको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा संक्रमण शून्य छ ।
यसैगरी, गएको २४ घण्टामा प्रदेशमा ६ सय ५५ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
तेस्रो लहरको चेतावनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताएका हुन् ।
तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्न सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए ।
‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं,’ उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।’ नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ । नेपालमा अहिलेसम्म ७ लाख २४ हजार ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ६ लाख ३६ हजार ४ सय २ जना निको भइ घर फर्किएका भने ९ हजार ६ सय ३७ जनाको ज्यान गइसकेको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१