दमौली । बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ अहिले बाढीपीडितको घरघरै पुग्ने गरेकी छिन् । पीडितका घरमा पुग्छिन्, अवस्था बुझ्छिन्, सान्त्वना दिन्छिन् साथमा सम्भव भएसम्म राहत पनि । गुरुङको अहिलेको दिनचर्या नै यही हो भन्दा अन्यथा हुँदैन ।
उपाध्यक्ष गुरुङ अहिले बाढी पहिरोले क्षति पुर्याएपछि सान्त्वना दिन र राहत बाँड्नमात्र गएकी होइनन् । लगातार वर्षा हुन थालेपछि जोखिम हुनसक्ने क्षेत्र पहिचान गरी सुरक्षित स्थानमा लैजान पनि उनी खटिएकी थिइन् । उपाध्यक्ष गुरुङ भन्छिन्, ‘ग्रामीण क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहेकाले वडाध्यक्ष र टोल अध्यक्षको समन्वयमा सबैलाई सुरक्षित स्थानमा रहन सचेत गराइरहेका छौं ।’
बुधबार रातिदेखि परेको भीषण वर्षापछि आएको बाढीपहिराले बन्दीपुर गाउँपालिका वडा नं २ खहरेका ४८ घर घरधुरी विस्थापित भए । बाढीपहिरोले एउटै वडामा ४८ सहित बन्दीपुरमा ७२ घर विस्थापित भएका छन् । त्यसपछि उपाध्यक्ष गुरुङ बाढीपहिरोबाट विस्थापित भएकालाई सुरक्षित ठाउँमा स्थान्तरण गर्न बिहीबार बिहानै घटना स्थलमा पुगिन् । उनले तत्काल जोखिम क्षेत्रमा रहेकालाई कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरिन् ।
बन्दीपुर २ खहरे, धारापानी, वडा नं ३ रामकोट, वडा ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् । बाढीले खहरेमा १३ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति पुर्याएको छ भने २६ घर उच्च जोखिममा छन् । गत साताको बुधबार उपाध्यक्ष गुरुङ बाढीपहिरोको जोखिम क्षेत्रमा अनुगमनका लागि गएकी थिइन् । अनुगमनका क्रममा बन्दीपुर–३ तामुङको १ घर पहिरोको उच्च जोखिममा भएको देखिन् । त्यसपछि उनले तत्काल उक्त स्थान छोडी आफन्तकोमा गएर बस्न आग्रह गरिन् । तर उपाध्यक्ष गुरुङको आग्रह सुनेको उक्त परिवारले आफ्नो झुपडी नै महल ठान्यो, तत्काल छाड्न सकेन ।
त्यहाँबाट फर्किएको केही समयपछि निरन्तर परेको पानीबाट बाटोमा रोकिएको पहिरो बस्ती छिर्यो । पहिरोमा परी बस्तीका २ जनाको ज्यान गयो । ६ जना घाइते भए । उपाध्यक्ष गुरुङ सम्झन्छिन्, ‘बाढीपहिरोबाट जोखिममा रहेको क्षेत्रबाट तत्काल छोडी सुरक्षित स्थानमा गएर बस्न आग्रह गर्दा मान्नु भएन, केही समयमै दुखद् घटना भयो ।’ उनले भनिन्,‘मान्छेलाई आफ्नो भन्ने चिज प्यारो लाग्दो रहेछ । घर छोड्न नसक्दा अकालमै ज्यान गयो ।’ गाँउपालिकाको आन्तरिक स्रोत धेरै नभएकाले पीडितलाई तत्कालका लागि गास र सुरक्षित बासको व्यवस्थापनमा गाउँपालिका लागिरहेको उनले बताइन् ।
उनले भनिन्, ‘पीडितहरुको बाढीपहिरोले अन्न बगाएको छ । तत्कालको लागि पीडितलाई गास र बास आवश्यक छ ।’ अहिलेको अवस्थामा कोरोनाभन्दा पनि बाढीपहिरोको चिन्ता हुनाले प्रभावित क्षेत्रमा गई पीडितलाई सहानुभूति दिएर सुरक्षित स्थानमा राख्ने गरेको उनले सुनाइन् । हालसम्म बन्दीपुरका १ सय २७ घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच गाउँ कार्यपालिका बैठकले घर पूर्ण क्षति भएकालाई ३० हजार र आंशिक क्षति भएकालाई १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१