पोखरा । कास्की क्षेत्र १(१) अन्तर्गत सञ्चालित निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका आयोजना अनुगमन गरिएको छ । अनुगमन समिति संयोजक सांसद प्रभा कोइराला, प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षत्री, उपप्रमुख सावित्री भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख दिनेशकुमार घिमिरे, कार्यालयका प्राविधिक र वडाध्यक्षसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमन समिति संयोजक सांसद प्रभा कोइरालाले अधिकांश आयोजना सम्पन्न भएको पाइएको र रुपा ५ मा निर्माण हुन लागेको डेरी चिस्यान केन्द्रलाई निर्धारित समयम काम सम्पन्न गर्न निर्देशन दिइन् ।
सांसद दीपक कोइरालाले योजना छनोट गर्दा जनताको माग र आवश्यकता आधारमा छनोट गरेकोले आयोजना निर्माण सन्तोषजनक पाइएको बताए ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक क्षत्रीले कृषि कोल्ड स्टोर, डेरी चिस्यान केन्द्र, खानेपानी , मोटरबाटो, शवबाहन राख्ने ट्रष्ट, समाजघर, सहिदपार्क सबै क्षेत्र समेटेर आयोजना सञ्चालन भएको पाइएको बताए । उनले केही योजना सम्पन्न हुन बाँकी रहेकोले असार २० सम्म सम्पन्न गर्न निर्देशन दिए । पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेले ९७ प्रतिशत आयोजना सम्पन्न भएको र बाँकी आयोजनापनि केही दिनमा सम्पन्न हुने जानकारी दिए । अनुगमनपछि प्राविधिकको नापजाँचसँगै भुक्तानी सुरु हुने उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१