स्याङजा । भीरकोट नगरपालिकाले चालु आर्थिक वर्षमा आँधीखोला किनार संरक्षण लगायत कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ ।
समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने उदेश्य आत्मसात गर्दै अघि बढेको नगरपालिकाले बुधवार पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।
नगरप्रमुख छायाराम खनालले गतबर्षका समिक्षासहित चालु बर्षका कार्यक्रमका बारेमा जानकारी गराएका हुन् । उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरेक कार्यक्रम नागरिकमैत्री बनाउँदै भीरकोटको विकासका लागि बजेट केन्द्रित रहेकोमा जोड दिए ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आँधिखोला किनारमा हरित सडक निर्माणलाई आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको प्राथामिकतामा छ । भीरकोटको मैदानमा रहेको साहसिक प्याराग्लाईडिङ खेलको विकासका लागि दीर्घकालीन विकासमा जोड दिने उल्लेख गरिएको छ ।
भीरकोटले एक वडा एक सडक, उज्यालो भीरकोट, खानेपानी, सिँचाई, रोजगार, उद्यम, सीप विकास, सूचना तथा प्रविधिको विकास, पर्यटन प्रर्वद्धन, एक वडा एक जेष्ठ नागरिक सेवा केन्द्र, मेयरसँग बालबालिका कार्यक्रम, बालकोषको स्थापना, स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्ने, क्षमता विकास, विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्धता, विपन्न वर्गको लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक खेलमैदान जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छन् ।
गतबर्ष बालमैत्री घोषित भीरकोटले कार्यान्वयन पक्षलाई कडाईका साथ लागू गर्ने नीति लिएको छ । घोषणासँगै भीरकोट नेपालभरमा ७ औं र गण्डकी प्रदेशमा दोश्रो र स्याङजाको पहिलो घोषित नगर हो ।
यस्तै जेष्ठ नागरिक सम्मान, छोराबुहारी सम्मान, महिला उद्यमशीलता, बाँझो जग्गाको उपयोग, सामुहिक चक्लाबन्दी खेतीको विकास, एक वडा एक उत्पादन, मौरी ब्लक कार्यक्रम, होमिस्टेको प्रर्वद्धन, आँधीखोलामा जलयात्रा जस्ता कार्यक्रम छन् ।
औद्योगिक ग्राम स्थापना, छाङछाङ्दी, स्वरेक मैदानको पूर्वाधार विकास, एकुवार, खिलुङ्कालिका पदमार्ग, विपद् प्रतिकार्य योजना, सुन्दरचौरमा बोटानिकल पार्कको निर्माण, करदाता प्रोत्साहन, डिजिटल प्रोफाईल निर्माण, विद्युत्तीय नागरिक बडापत्र, हरेक वडालाई प्रविधिमैत्री बनाइने भनिएको छ ।
कार्यक्रममा नगरप्रमुख खनालले नगरले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न गरेको, फोहोरमैला संकलन केन्द्र, नदीजन्य निर्माण सामाग्री प्रशोधन केन्द्रसमेत निर्माण जानकारी गराए ।
यसैगरी, उपप्रमुख सिमा केसी कर्माचार्यले भीरकोटले सञ्चालन गरेको आधारभुत विद्यालयमा दिवा खाजा, गर्भवतीलाई निशुल्क अण्डा वितरण, न्यायिक सम्पादनलगायत समावेशी बर्गमा गरिएका काम कारवाहीका बारेमा जानकारी गराईन ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१