पोखरा । नेपाली युवा उद्यमी फोरम (एनवाइएफ) ले १७ औं वार्षिक साधारण सभा गरेको छ । सभाले काठमाडौंका युवाउद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।
मञ्चको प्रथम उपाध्यक्षमा ऋतेश लामिछाने, द्वितीय उपाध्यक्ष साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फबाट उपाध्यक्षमा सुमोदमान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशलसुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षमा ऋचा श्रेष्ठ र को–लर्निंग रूपमा पवित्र गौतम चुनिए । सदस्यमा सुदीप घिमिरे र कृष्ण सापकोटा छन् ।
यसअघि प्रकाशदेव पालिखे मञ्च अध्यक्ष थिए । अध्यक्षको कार्यकाल १ वर्षको हुनेछ । यस अवसरमा फोरमका निवर्तमान अध्यक्ष पालिखे सहित कार्यसमितिले उनीहरूको पदभार बुझायो ।
सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने जनाउँदै अध्यक्षले भने, ‘सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ ।’ ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धनमा अहोरात्र खटिने बताए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१