पोखरा । नेकपा एमालेको माधव–झलनाथ पक्षले दलकाे बिवाद मिलाउन दिएकाे समय सकिएकाे छ । समय सकिएपछि उक्त समूहका सांसदहरूको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा केही बेरमा बैठक बस्न लागेको हो।
अहिले बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विषयमा छलफल हुनेछ।
सिंहदरबारमा माधव झलनाथ पक्षका सांसदहरू भेला भइसकेका छन्।
आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका थिए। हिजोनै सिंहदरबारमा नै बसेको सांसदहरूको बैठकले अहिले बिहान ९ बजेसम्म ठोस सहमतिका लागि समय तोकेका थिए। उक्त समयसीमा सकिएको छ।
एमाले सांसद झपट रावलले अध्यक्ष ओलीलाई दिएको समयसीमा सकिएको र अब केहीबेरमा सुरु हुने सांसदहरूको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए। उनले सोही बैठकले सामूहिक राजीनामा का विषयमा निर्णयसमेत लिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१