गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । मुलकुभर कोरोना भयावह हुँदै गर्दा मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिलाको मृत्यु भएको छ ।

उनका अनुसार पोखरा ३ का १ संक्रमितको चरक मेमोरियल अस्पतालमा र अरु ३ जनाको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरोनाबाट अहिलेसम्म २ सय ४१ को मृत्यु भएको छ । पछिल्लो डाटा अनुसार यहाँ २० हजार ४ सय ६८ कोरोना संक्रमण भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width