आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
aago

सांकेतिक तस्विर ।

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिनुभयो ।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए । रासस

Related News

सम्बन्धित समाचार

hero news full width