स्वतन्त्र शैक्षिक परामर्श संघ जागृत

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
fecan

पोखरा । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशको अध्यक्षमा जागृत भट्टराई चयन भएका छन् ।

उपाध्यक्षद्वय सुनील पराजुली र सुजन बस्नेत, महासचिव सञ्जय सुवेदी, सचिव विश्वप्रकाश भुषाल, कोषाध्यक्ष नन्दुकुमार पाइजा चयन भए । सदस्यहरु विष्णुप्रसाद अधिकारी, राजु गौतम, नरेन्द्र पौडेल, सूर्यप्रसाद भण्डारी र सुरेश पौडेल छन् । नयाँ कार्यसमितिको कार्यावधि २ वर्षको हुनेछ । कार्यक्रममा फेकन केन्द्रीय कमिटी अध्यक्ष वासु नेपाल, महासचिव राजु निरौला लगायत सहभागी थिए ।

कार्यक्रममा फेकन केन्द्रीय अध्यक्ष नेपालले सम्पूर्ण फेकन आबद्ध व्यवसायीको एकतामा जोड दिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जागृतप्रसाद भट्टराई, महासचिव सञ्जय सुवेदी, फेकन केन्द्रीय निवर्तमान महासचिव भूपाल तामाङ लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन फेकन गण्डकी प्रदेशका निवर्तमान महासचिव बलराम तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width