पोखरा, १० फागुन । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण संकलनका लागि १०० जना विवरण दर्ता अपरेटर पदका लागि दरखास्त आवेदन खुला गरेको छ ।
१८ वर्ष पुरा भएर ३५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले फाल्गुन ७ गतेदेखि १५ दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा तीन महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेका उम्मेद्वारले आवेदन दिने सक्नेछन् । वा सय पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको प्रमाणपत्र भए छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने विभागले बताएको छ ।
करार सम्झौतामा उत्तीर्ण अपरेटरले जुनसुकै जिल्लाभित्रका स्थानीय तहका वडाहरुमा पुगेर दैनिक ४० जनाको विवरण संकलन गर्नुपर्नेछ । अपरेटरहरुले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउनसक्ने छन् ।
विभागको वेबसाइट www.donidcr.gov.np मा गएर निशुल्क आवेदन दिन सकिने छ ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१