पोखरा । मुक्तिनाथ विकास बैंक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शनिबार पोखरामा भएको चौधौं वार्षिक साधारण सभाले १५.५० प्रतिशत (४.२५ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष मुक्तिनाथले नेपालको बैंकिङ क्षेत्रमा भिन्न अभ्यास गर्दै यो अवस्थामा आइपुगेको बताए । बैंकको पुँजी वृद्धि गर्दै ग्राहकका लागि आधुनिक र आकर्षक सुविधा पस्कन आफूहरु तयार रहेको उनको भनाइ थियो ।
बैंकका सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले स्याङ्जाबाट सुरु भएर पोखरा हुँदै अहिले देशव्यापी रुपमा सञ्जाल फैलाउन सफल भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराए । कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखे ।
कोरोना महामारीको विषम परिस्थितिमा बैंकले भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागी गराएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१