पोखरा । गोल्डस्टारको नयाँ सोरुम पृथ्वीचोकमा सञ्चालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त सोरुम सचालनमा ल्याएका हुन् । २ वर्ष अघि सिदार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको राम्रो बिक्रीपछि पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो ।
बिहीबार पत्रकार सम्मलेनमा सोरुमको विषयमा जानकारी दिँदै सञ्चालक राजन केसीले औपचारिक रुपमा पुस २६ गते उद्घाटन हुने बताए । नेपाली चलचित्रकी नायिका वर्षा राउतले सोरुम उद्घाटन गर्ने तय भएको छ ।
केसीले ग्राहकको सहज सुविधाका लागि सोरुम खोलिएको जानकारी गराए । एउटै छानामुनि गोल्डस्टारका सम्पूर्ण मोडलका जुत्ता बिक्रिवितरण गर्ने लक्ष्य केसीको छ । नेपालमै उत्पादन भएको गोल्डस्टारका जुत्ता पोखरामा सजिलै प्रवाह गर्ने उदेश्यस्वरुप नयाँ स्वरुम सचालनमा आएको हो ।
केसीले गोल्डस्टार सबै उमेरसमूहको रोजाई भएको बताए । बाहिरभन्दा गोल्डस्टारकै सोरुमबाट जुत्ता खरिद गर्दा रकम सँगै गुणस्तरमा फरकपन आउने उनको भनाइ छ ।
दैनिक ३५ देखि ४० जोडी जुत्ता बिक्री हुने गरेको केसीले बताए । उनले सोरुममा कम्पनीले नै तोकेको दररेटमा पनि १० प्रतिशत छुट दिएर सेवा दिइरहेको जानकारी गराए । उद्घाटनका अवसरमा पुस २६ देखि २८ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ३५ देखि ४० लाख हाराहारी लगानीमा उक्त सोरुम सञ्चालनमा आएको हो ।
गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको जानकारी गराए । उनले गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे । ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१