पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत विष्णु पाण्डेको चौतर्फी प्रदर्शनमा स्याङ्जाले नवलपुरलाई २ विकेटले पराजित गरेको छ ।
अत्यन्तै रोचक खेलमा अन्तिम २ बल बाँकी छँदा स्याङ्जाले जीत निकालेको हो । टस जितेर ब्याटिङ गरेको नवलपुरले स्याङ्जा सामु जीतका लागि २ सय १४ को लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा स्याङ्जाका लागि विष्णु पाण्डेले सम्हालिएको पारी खेल्दै १ सय ९ बलमा ७५ रनको महत्वपूर्ण योगफल तयार पारेपछि जीतको आधार तयार भएको हो । पाण्डेले ८ चौका प्रहार गरेका थिए ।
४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको नवलपुरका लागि २ जना ब्याट्स्म्यानले अर्धशतकीय पारी खेलेपनि जीतका लागि त्यो पर्याप्त हुन सकेन । दीपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रन बनाएका थिए । स्याङ्जाको बलिङमा मिलन लुइँटेलले ५ तथा विष्णु पाण्डेले २ विकेट लिए ।
२ सय १४ रनको लक्ष्य पाएको स्याङ्जाले ४९.४ ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । स्याङ्जाका लागि करण पंगेनीले ४१, ईश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन जोडेका थिए ।
नवलपुरका बलरहरु कैलाश पंगेनीले ३ र विज्ञान गौतमले २ विकेट लिए । खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । उनलाई गण्डकी प्रदेश सांसद राजीव पहारीले ट्रफी प्रदान गरेका थिए । मंगलबार कास्की र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१