पोखरा, २६ कात्तिक । रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था, गगनगौंडाको १७ औं साधारण सभा एवं छैटौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि राजु खत्रीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकल्याण वड्गामी (राजन), सचिव कृष्ण पाण्डे र कोषाध्यक्ष विन्ध्येश्वरी शाही निर्विरोध चयन भए । त्यस्तै सदस्यमा दीपकराज ढेवाजू, अञ्जली पण्डित, दलबहादुर गुरुङ, ओमप्रकाश पाठक, जयराम श्रेष्ठ, प्रेम लिगल, मेनुका अधिकारी नेपाल रहेका छन् । लेखा संयोजकमा कमल थापा तथा सदस्य भोजराज खनाल र कमल सुवेदी चयन भए । २०५७ सालमा गगनगौंडामा स्थापित सो सहकारीले विभिन्न सहकारीसँग सहकार्यलाई अगाडि बढाउँदै शाखा विस्तार गरिरहेको छ ।
सहकारीको हाल शेयर पुँजी ७ करोड २० लाख ,निक्षेप संकलन ३६ करोड र ३२ करोड ऋण लगानी गरेको जनाइएको छ । उच्च प्रतिफल दिन सफल सो सहकारीको गत वर्षदेखि आफ्नै भवनमा कार्यालय सञ्चालन गरेको थियो ।
पोखरा–३०, गगनगौंडामा मुख्य कार्यालय रहेको सहकारीले मन्टेसरी समेत चलाएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१