हराउँदै पिङ संस्कृति   

रासस
कार्तिक ७, २०७७
ping

फाेटाेः सामाजिक सञ्जाल

लमजुङ, ७ कात्तिक । हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनाँै दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्याे । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ । दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भन्नुभयो, “दशैंका बेला यहाँ केही वर्षसम्म लिङ्गेपिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो । त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।” यस वर्ष कोभिड –१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न नसकेको उहाँको भनाइ छ । प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरपालिकावासी चिन्ता गर्छन् । विगतमा वर्षेनी दशैंँतिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेँसीशहर नगरपालिका –३ गाउँशहरका बासिन्दा बताउँछन् ।

स्थानीयवासी सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । गाउँशहरमा रहेको लमजुङ दरबारनिर वर्षेनी हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन । यस वर्ष पिङ हाल्ने स्थानीयवासीको सोच भए पनि कोभिड –१९ का कारण पिङ नबनाइएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width