तनहुँ
६८ वर्षीया नानुमाया भुजेललाई बोकेर भित्र बाहिर गराउनुपर्छ । उनी हिँडडुल गर्न सक्दिनन् । उनले लामो समयदेखि अति अशक्त कोटामा भत्ता पाउछिन् ।
अनियमितता रोक्न सरकारले बैंक मार्फत भत्ता वितरण गर्ने नीति ल्याएपछि भुजेललाई भत्ता लिन सकस परेको छ । उनलाई बुहारीले म्याजिक रिजर्भ गरेर बैंकसम्म पु¥याउँछिन् ।
‘घरबाट बैंक आइपुग्न १ घण्टा लाग्छ । अर्काको सहारामा बाँच्नुपर्ने मलाई यति टाढा भत्ता बुझ्न आउदा समस्या भयो,’ भुजेलले भनिन्, ‘हिडडुल गर्नै नसक्ने मान्छे कसरी लाइन बस्ने ?’
स्थानिय सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्दा पनि सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो बढेको छ । दश वटै स्थानीय तहले बैंक मार्फत भत्ता बाँडिरहेका छन् ।
भानु नगरपालिकाले ग्लोवल आईएमई लगायत विभिन्न बैंक मार्फत भत्ता दिन्छ । सम्झौता गरेको बैंकबाटै भत्ता वितरण भएको वडा अध्यक्ष अजुर्नबहादुर केसीले बताए । ‘नगरपालिकाले सम्झौता गरेको बैंकबाट भत्ता वितरण भैरहेको छ,’ उनले भने, ‘कुनै बैंकले घरमै पुगेर दिन्छन् । कसैले बैंकमै बोलाउँछन् ।’
व्यास नगरपालिकाको भत्ता पनि बैंकबाटै वितरण हुन्छ । विभिन्न वडाले फरक फरक बैंक मार्फत भत्ता वितरण गरिरहेका बैकुण्ठ न्यौपानेले बताए । ‘पहिलो किस्ताको लागि सेवाग्राहिले केही गाह्रो मान्नुभयो । दोस्रो किस्तापछि खासै गुनासो आएको छैन,’ उनले भने, ‘एक पटक खाता खोलेपछि बैंकमा पटक पटक जानु पर्दैन् । चेक काटेर पैसा लिन मिल्छ ।’ बैंकबाट भत्ता बाँड्दा बढी सुरक्षित हुने उनको भनाई छ ।
व्यास ६ र व्यास ९को भत्ता बाँड्ने जिम्मा लिएको महालक्ष्मी बैंकले घरघरमै पुगेर रकम दिन्छ । शाखा प्रमुख सुदिप न्यौपानेले सबै नागरिक बैंकसम्म आउजाउ गर्न नसक्ने भएकोले बैंक नै घरमा पुगेर रकम दिएको बताए । निर्वाचनका बेला भत्ता वितरण सहज बनाउने आश्वासन दिएपनि नागरिकले अहिलेको भत्ता वितरण झनै सकम ठानेका छन् । घरमै भत्ता लिने आस गरेका नागरिकहरु भत्ताका लागि घण्टौं लाइनमा बस्न बाध्य छन् ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१