काठमाडौं २० भदौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ। सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फर्स्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताए।
संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका विपन्न परिवारका एक लाख बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको छ । फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वोनश शेयर नौ दशमलव ५० प्रतिशत र नगद लाभांश चार दशमलव १८ गरी लाभांश १३ दशमलव ६८ प्रतिशत प्रस्ताव गरेको छ ।
“काममा प्रभावकारिता र प्रतिस्पर्धी क्षमता बढाएर अझै लघुवित्तको क्षेत्रमा परिणाममुखी काम गर्न क्रियाशील छौँ”, कामु प्रमुख कार्यकारी अधिकृत पन्तले भने। यसको अधिकृत, जारी तथा चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार ७४६ छ भने प्रवद्र्धक शेयरधनीमा ग्लोबल आइएमई., प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सलगायत छन् ।
संस्थाले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी न्यून आय भएकाको जीवनस्तर उकास्न सहयोग पुर्याउने गरी काम गर्दै आएको छ । घ वर्गका लघुवित्त वित्तीय संस्था, वचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारीलाई यसले थोक लघुकर्जा प्रदान गरिरहेको छ।
कोभिड–१९ को राहत योजना अन्तरगत राष्ट्र बैंकले सम्बन्धित संस्थाका आफ्ना ऋणीलाई व्याज छुट दिन गरेको निर्देशन बमोजिम फर्स्ट माइक्रोफाइनान्सले ऋणीको खातामा छुट रकम उपलब्ध गराएको जनाइएको छ । यस्तै साझेदार संस्थालाई धितोमा आधारित लघु उद्यम कर्जा लगानी, भाखा नाघेको कर्जा व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण निवारण ऐनको अनुपालना, सहकारी संस्थामा कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयमा तालीम तथा अन्तक्र्रिया सञ्चालन गरेको छ।
यसले साझेदार संस्थाका कर्मचारीको सम्बन्धित विषयमा विश्लेषण गर्ने क्षमता बढेर विपन्न परिवारलाई गुणस्तरीय लघुवित्त वित्तीय सेवा प्रदान गर्न सहयोग पुगेको कामु प्रमुख कार्यकारी अधिकृत पन्तले बताए।
फाइनान्सले सामाजिक उत्तरदायित्वअन्तरगत एसइईमा उत्कृष्ट अङ्क ल्याउने साझेदार संस्थाका १० विद्यार्थीलाई जनही १० हजार, उत्कृष्ट २० लघु उद्यमीलाई १० हजार, स्वस्थ्य शिविरमा एक लाख ४९ हजार र तिलगङ्गा आँखा अस्पतालका बिरामीलाई.३५ थान ब्ल्याङकेट प्रदान गरेको छ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको कार्यक्रम व्यवस्थापनमा फर्निचर, प्रदेश नं ५ र ६ का विपन्न परिवारलाई कोरोना भाइरसको जोखिमबाट बचाउन रु एक लाख आठ हजारको स्वास्थ्य सामग्री तथा प्रदेश नं १ मा पिसिआर परीक्षण मेशिन किन्न एक लाख सहयोग गरेको छ ।
त्यस्तै गत आवसम्म संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु १९ लाख ६२ हजार सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण कोषलाई प्रदान गरिएको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१