दमौली, १९ असार । तनहुँको ऋषिङ गाउँपालिका-१ का प्रेमबहादुर कामीले जनता आवास कार्यक्रममार्फत् घर निर्माण गरे । आर्थिक रुपमा विपन्न कामीको घर निकै पुरानो र जीर्ण थियो । पानी पर्दा र हावाहुरी आउँदा आफ्नै घरमा बस्न पनि डर लाग्ने । अहिले भने जनता आवास कार्यक्रममार्फत् उनले दुई कोठाको चिटिक्क परेको घर पाएका छन् ।
घर निर्माणको सम्पूर्ण काम सम्पन्न भएपनि भुक्तानी नपाउँदा भने उनले घरको छानो छाउन सकेका छैनन् । “घर त बन्यो, तर छानो हाल्न पाइएन,” उनले भने “छानो छाउन पाएदेखि नयाँ घरमा सर्थे ।” गाउँघरतिर मिस्त्री काम गर्ने उनी कोरोना र बन्दाबन्दीपछि बेरोजगार नै भएका छन् । “मसँग पनि पैसा छैन, पैसा भए त आफैँले किनेर छानो छाउन हुन्थ्यो र पछि भुक्तानी लिन पनि मिल्थ्यो होला तर त्यो हैसियत पनि अहिले भएन,” उनले भने । जनता आवास कार्यक्रममार्फत् सरकारले घर बनाइदिएपछि भने उनी निकै खुशी छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका तन्जिला मियाँले किस्ता बापतको रकम भुक्तानी नहुँदा झ्यालढोका हाल्न नसकिएको बताए । श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक छोरीसँग बस्दै आएकी उनको घर पनि जीर्ण थियो । आर्थिक हैसियत बलियो नभएकी उनको पनि जनता आवास कार्यक्रममार्फत् घर निर्माण गरिएको थियो । “सरकारले दुई कोठाको चिटिक्क घर बनाइदिएको छ, म र छोरीलाई आनन्दसँग बस्न पुग्छ,” मियाँले खुशी भने “रकम पाएपछि झ्यालढोका हालेर नयाँ घरमा सर्ने हो ।” नयाँ निर्माण भइरहेको घर नजिकै रहेको पुरानो घरमा उनी बस्दै आएका छन् । “छोरीले आमा नयाँ घरमा कहिले सर्ने भनिरहन्छे, अब छिट्टै नयाँ घरमा सर्ने हो नानु भन्दै आएको छु, तर कहिले सर्ने भन्ने निश्चित भने भएन” मियाँले भने ।
व्यास नगरपालिका–५ साँगेका नरुमाया कुमाल पनि सरकारले घर बनाइदिएपछि निकै खुशी छन् । पहिला खरले छाएको खरमा बस्दै आएको उनको चार जनाको परिवार अहिले नयाँ घरमा बस्न पाउँदा खुशी छ । किस्ता निकासा नभएकै कारण झ्यालढोका भने हाल्न नसकिएको कुमालले बताए । “पहिला माटोको गाह्रो भएको खरको घर थियो, हावाहुरी आउँदा उत्तिकै डर, ठूलो पानी परे पनि डर,” उनले भने “अहिले ब्लकको घर त बनेको छ, तर झ्यालढोका हाल्न कहिले पैसा पाउने हो थाहा छैन ।” रकम अभावका कारण लाभग्राहीलाई घर बनेपनि भुक्तानी दिन नसकिएको शहरी विकास तथा भवन कार्यालय गोरखाका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । “घर निर्माण सम्पन्न भएर लाभग्राहीले भुक्तानी माग गरेका छन् । तर बजेट अभावमा भुक्तानी दिन सकेका छैनौँ,” उनले भने “बजेटको व्यवस्था हुनासाथ लाभग्राहीलाई निकासा गरिहाल्छाँै ।”
जनता आवास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा १ सय ९९ घर निर्माणाधीन अवस्थामा छ । निर्माण गरिएका घरमध्ये १ सय ९६ लाभग्राहीले पहिलो, १ सय ८६ लाभग्राहीले दोस्रो र १ सय ८६ र ३५ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । चौथो किस्ताको रकम बुझ्ने एकजना मात्र रहेको जनता आवास कार्यक्रम तनहुँका प्राविधिक शङ्कर गैह्रेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१