पाेखरा, १० असार । कास्ककिो अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६६ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाद्वारा आज यहाँ आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आ.व.२०७७/०७८ का लागि चालु तर्फ ४३ करोड २३ लाख १८ हजार रुपैयाँ र पूँजिगत तर्फ २२ करोड ८८ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिदै उत्पादन र उत्पादकत्व बृद्धिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको छ । उपाध्यक्ष गुरुङका अनुसार गाउँपालिकामा आ.व.२०७७/०७८ का लागि विषयगत समिति अन्तर्गत पूर्वाधार विकास तर्फ १६ करोड ५४ लाख, आर्थिक विकास तर्फ तीन करोड ४९ लाख, सामाजिक विकास तर्फ ३७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ एक करोड १३ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवम् व्यवसायिकरण गर्न प्रोत्साहित गरिने लगायतका नीति लिएको छ ।
गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवाहरुलाई अवसरको रूपमा उपयोग गर्दै उनीहरुको अनुभव सिप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण, उद्योग र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागि गराई रोजगारका अवसर सृजना गरिने नीति तथा कार्यक्रममा अघि सारेको थियो ।बजेटमा गाउँपालिका भित्र पूर्वाधार विकास अन्तर्गत बाटो घाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै लक्षित बर्ग तथा सामूदायको सशक्तिकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिइएको छ ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१