पोखरा, ६ असार । हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोना भाइरस पुगेको छ । त्यहाँका एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।
पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालामा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । उनी मुस्ताङको घरपजोङ गाउँपालिका ८३ वर्षीय वृद्ध पुरुष हुन्।
गण्डकीमा योसहित शनिबार पुनः ५० नयाँ संक्रमित थपिएका छन् । थप ५० सँगै कुल संक्रमित संख्या ४ सय ८८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।
थप संक्रमितमध्ये मुस्ताङका १ सहित बागलुङका २९, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १८ र तनहुँका २ जनामा कोरोना भेटिएको हो ।
बागलुङको गल्कोट नगरपालिकामा ८ जना पुरुषमा कोरोना देखिएको छ । उनीहरु वर्ष २० देखि ५१ वर्ष समूहका छन् ।
ताराखोला गाउँपालिकाका २४ वर्षीय पुरुषसहित बडिगाड गाउँपालिकाका ३ जना पुरुषमा समेत कोरोना पुष्टि भएको छ । उनीहरु २३, ३३ र ३४ वर्षका हुन् । बडिगाडकै वर्ष २०, ३७ र ७२ वर्षीया महिला पनि संक्रमित भएका छन्।
बागलुङ नगरपालिकाका ६ जना पुरुषमध्ये वर्ष २५, ५०, १९, ४२, ५४ र २५ वर्षका पुरुष तथा ढोरपाटन नगरपालिकाका १८ वर्षीय पुरुषमा समेत कोरोना भाइरस संक्रमण देखिएको हो।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्युबिन्दु नगरपालिकाका १४ जना पुरुषमा कोरोना देखिएको छ । उनीहरुमध्ये ३ वर्षीय बालक पनि छन् । अन्य पुरुषको उमेर समूह वर्ष १६ देखि ३९ सम्म छ।
मध्यबिन्दु नगरपालिकाका २१ र २५ वर्षीया महिला, बुलिङटार गाउँपालिकाका २८ वर्षीय पुरुष तथा पालिका नखुलेको ७ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।
संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकोमा उपचारका लागि सोही जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशमा शनिबार बिहान मात्रै ५८ जनामा कोरोना देखिएको थियो । पछिल्लो चौबीस घण्टामा तनहुँमा २५, नवलपुरमा १६, बागलुङ ८, गोरखा ५, कास्की २, म्याग्दी १ र स्याङ्जामा १ गरी ५८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार पहिलो विज्ञप्ति प्रकाशित गरी पुष्टि गरेको थियो।
मुस्ताङसहित गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ। हिमालपारीको अर्को जिल्ला मनाङ भने ३ दिन अघि एक पुरुषमा कोरोना देखिएको थियो।
Related News
सम्बन्धित समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
hero news full width
मुख्य समाचार
रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान
असाेज २, २०८१हिसान कास्कीमा दिवाकर जैसी
असाेज २, २०८१आजदेखि सोह्र श्राद्ध सुरु
असाेज २, २०८१