स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित बढेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल गरेको छ।
संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विपद् अवस्थाबारे छलफल गरिएको बताए। “संक्रमित बढेपछि मन्त्रालयले विपद् अवस्थाका बारेमा छलफल गरेको छ ’’, उनले भने, “निर्णयमा प्रमाणीकरण गर्न बाँकी रहेको छ ।’’ नेपालमा अहिलेसम्म दुई हजार ३०० संक्रमित देखिएका छन्।
‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियानुसार संक्रमितको संख्या र अवस्थाका आधारमा महामारी स्तर निर्धारण गरिएको छ। उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र सो स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ।
‘जनस्वास्थ्य विपद् अवस्था’काे स्थितिमा सामान्य अवस्थाका संक्रमित घरमा नै आइसोलेट भएर रहनुपर्छ। साथै अन्तर्राष्ट्रिय मानवीय सहयोगका लागि सरकारले विभिन्न संयन्त्रहरुलाई परिचालन गर्न सक्नेछ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्युतीय सवारीसाधनमा आकर्षण
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१