म्याग्दी, ३० वैशाख । बजार अनुगमन टोलीले बेनीबजारमा दर्ताको उद्देश्य विपरीत सञ्चालित दुईवटा पसलमा सिलबन्दी गरी बन्द गराएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार न्यूरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिङ्खानी मासु पसल बन्द गराइएको हो ।
अनुगमनका क्रममा सो खाद्यान्न पसलका सञ्चालकले खाद्यान्न सामग्रीको उद्देश्य राखेर दर्ता गरेको पसलमा पूजा र शृङ्गारका सामग्री बिक्री गरेको र मासु पसलका सञ्चालकले मासु पसल भनेर दर्ता गरेकामा एकै ठाउँमा खाद्यान्न सामग्री पनि बिक्री गरेको पाइएको कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
ती पसलका सञ्चालकलाई उद्देश्यअनुसार सञ्चालन गर्न अथवा उद्देश्य थप र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ । निर्देशन पालना गरेपछि मात्र पसल खुलाउन पाउने भएका छन् । हुलाकचोकबाट क्याम्पसचोकसम्मका खाद्यान्न पसलको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको बजार अनुगमनमा सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु बरामद गरेर नष्ट समेत गरिएको छ । यसअघि नमूनाको रूपमा थोरै सङ्ख्यामा पसलहरुको अनुगमन हुने गरेको थियो । सोमबार भने सबै पसलहरुको क्रमशः अनुगमन गरिएको थियो । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुनसक्ने भएकाले स्थानीय प्रशासन र सम्बद्ध कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएका छन् ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१