पोखरा, २४ बैशाख । जिल्ला समन्वय समिति कास्कीले जिल्लाको अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दीका क्रममा भई रहेका समस्या एवम् विकास निर्माणका कामको स्थलगत अनुगमन गरेको छ ।
समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गाउँपालिका भित्र बन्दाबन्दीको समयमा भर्ई रहेको कठिनाईका साथै सञ्चालित विकास निर्माणका कार्यक्रम अनुगमन गरेको हो ।अनुगमनका क्रममा गाउँपालिकाको कार्यालय लगायत वडा नं. १, २, ३, ५ र ६ वडा कार्यालयमा पुगी त्यहा भई रहेका काम कारवाही बन्दाबन्दीको असर तथा कोरोना भाइरस रोकथामका प्रयासबारे जानकारी लिइएको थियो ।
सो क्रममा सम्वन्धित वडा अध्यक्षहरुले बन्दाबन्दीका कारण कर्मचारीको अभावमा अधिकांश काम कारवाही प्रभावित भएको बताउँदै वडामा विदेशबाट फर्केका एवम् बैदेशीक रोजगारमा रह ेका व्यक्तिहरुको समेत तथ्याङ्क संकलन गरिएको जानकारी दिनुभयो । यसै बीचमा शिक्षा तथा स्वास्थ्य, कृषि लगाएतका क्षेत्रको वडामार्पmत हुने काम कारवाही भने शुरुचारु भएको वडा अध्यक्षहरुले जानकारी दिए । यस बीचमा वडा भित्रका बालबालिकाका लागि दादुरा र रुवेलाको खोप लगाइएको छ ।
बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा मजदूर वर्गका लागि राहत वितरण गर्न खाद्यान्न संकलन गरि सकिएपनि हालसम्म राहत वितरण भने नभएको वडा नं. ६ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार राहत वितरणका लागि १७१ जना विपन्न मजदूरहरुको नामावली संकलन गरि गाउँपालिकामा पठाउनुका साथै रु ४८ हजार मूल्य बराबरको १२ मुरी कोदो समेत खरिद गरि भण्डारण गरिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जिवनाथ पौडेलले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि बन्दाबन्दीका कारण कृषकहरुलाई सामाजिक दुरी कायम गर्न, विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न एवम् नयाँपुलस्थित बजारमा चुना छर्ने काम सम्पन्न गरेको जानकारी दिए ।
अनुगमन पछि जिल्ला समनवय समितिका प्रमुख बैनबहादुर क्षेत्रीयले बन्दाबन्दीका कारण अधिकांस सेवामुलक कार्यालयबाट सेवा प्रभाव हुन नसकेको पाइएको बताए । सेवामूलक कार्यालयहरुलाई सुचारु गर्दै नियमित काम कारवाही सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पालिकाले राहत वितरण भन्दा पनि विपन्न एवम् मजदूर वर्गलाई काममा लगाएर जीविकोपार्जनमा सहयोग गर्दै आएको बताए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१