अग्रमनमा एक अवरोध

सम्पादक
जेठ ३०, २०८०

देशमा अपेक्षित विकास भएको छैन । विकासको नाममा हामी धेरै भौतारिएका छौं । तर विकास पाउन सकेका छैनौं । विकासको आशा देखाएर प्रत्यक वर्ष सरकारले बजेट ल्याउने गरेको छ । बजेटको सुरुमा त्यसले आशा देखाउँछन् तर जब बजेटको अन्तिम महिना आउँछन् । विनियोजित रकम खर्च गर्न नसकेको मूल्यांकन हुन्छ र बजेटको निर्धारित रकम खर्च गर्न असारे विकास गर्न थाल्छौं । असारे विकासले केही काम त देखिन्छ । तर त्यो काम दिगो हुँदैन । टिकाउ हँुदैन र गुणस्तरीय हुँदैन । यो कुरा सबैलाई थाहा छ । थाहा हुँदाहुँदै पनि हामीले त्यही काम दोहोर्‍याउँदै छौं । आफ्नो कमजोरी प्रदर्शन गरिरहेका छौं । तर यसको जिम्मेवार कोही हँुदैनन् । आउने सरकारले विगतको सरकारलाई त्यसको दोष थुपार्दछन् र आफूले पनि त्यस्तै गर्दछन् । यो शाश्वत परम्पराजस्तै भएको छ । घुमिफिरी देश चलाउने पनि उनीहरू नै हुन् र विकास गर्ने पनि उनीहरूले नै हुन् । पटक–पटक मौका पाएर पनि केही गर्न नसक्ने पनि उनीहरू नै हुन् ।

तैपनि त्यो पुस्ताले यो कुरा महसुस गर्न सकेनन् । आफ्नो दोष देख्न सकेनन् । ज्यादै भएपछि राजनीतिमा बिस्तारै नयाँ पुस्ता अग्रसर भएका छन् । पार्टीहरूमा नयाँ विचार लिएर युवाहरू अग्रसर हुनु निराश प्राय जनतालाई आशा देखाउनु हो । तिनीहरूले पार्टीहरूमा आफ्नो स्थान बनाउँदै छन् । युवा भनेको नै नवीनता हो, परिवर्तन हो र एउटा शक्ति हो, बाल्यावस्था पार गरेर तरुणावस्थामा पदार्पण गरेको यो अवस्था परिवर्तन र संक्रमणको अवस्था हो । त्यसबेला उनीहरूमा नवीन जिज्ञासा र क्रान्तिकारी भावना उत्पन्न हुन्छ । उनीहरू जे कुरा पनि यथास्थितिमा स्वीकार्नुभन्दा त्यसबारे पहिले अध्ययन र चिन्तन मनन गर्ने गर्दछन् । शंका लागेको ठाउँमा किन कसरी र के कारणले भएको हो भनी जिज्ञासा राख्ने गर्दछन् । चित्त नबुझेका कुरा अपनाउन हिच किचाउने गर्दछन् । हिचकिचाउने मात्र होइन, त्यसमा विरोध गर्ने र समयानुकूल सुधार र परिवर्तन गर्नुपर्ने तर्क अघि सार्छन् । राजनीतिमा लागेका युवाहरूले आफ्नो गुण देखाएर प्रभाव छर्ने प्रयास गरेका छन् ।

राजनीतिमा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा विवाद छैन । तर केकसरी हस्तान्तरण गर्ने भन्नेमा उपायको खोजी भइरहेको छ । कतै उमेरको हद राखेर विस्थापित गर्ने काम भइरहेको छ भने कतै दुई पदावधिभन्दा बढी एउटै पोस्टरमा बस्न नपाउने नियम बनाउँदै छ । यी सबै गर्नु युवा पुस्तालाई क्रमश: अघि बढाउनु हो । उनीहरूलाई अघिसार्नुको मतलब जनतालाई राजनीति प्रति आशा जगाउनु हो । यी सबै काम भइरहेको बेला एमालेले आफ्नो विधानलाई निलम्बनमा राखेर उमेरको हद हटाउँदै छ । यो गम्भीर कुरा हो । यसले युवाहरूमा के कस्तो हद हटाउँदै छ । यो गम्भीर कुरा हो । यसले युवाहरूमा के–कस्ता असर पार्छ, त्यो सोचनीय कुरा छ । अरु जे भए पनि युवाहरूको अग्रगमनमा यो एक अवरोध हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width