वीरगञ्जदेखि कलैया हुँदै पोखरासम्म

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७०

करिब ८ वर्षको वीरगञ्ज र कलैया बसाईलाई विट मार्दै प्राकृतिक सुन्दर नगरी पोखरामा प्रवेश गरेको पनि १ वर्ष बितिसकेछ। आर्थिक नगरी वीरगञ्ज बसाईंका क्रममा मलाई मित्रको रूपमा ग्रहण गर्दै स्नेह र सद्भाव प्रदान गर्ने मेरा अनगिन्ती हितैषी मित्रहरूसँग संस्थागत कार्यको सिलसिलामा बाध्यात्मक परिस्थितिका बाबजुत भौतिक रूपमा टाढिनुपर्दा पीडानुभूति भएको हो र भइरहेको पनि छ। तर म मानसिक र आत्मीक रूपमा वीरगञ्जेली हितैषीहरूबाट कदापि टाढिएको छैन। वीरगञ्जमा  बिताएका ७ वर्ष र कलैयामामा बिताएको १ वर्षे कार्यकाललाई म जिन्दगीको स्वर्णीमकालको रूपमा सम्भिmरहनेछु।

वि.सं. २०६१ सालदेखि लुमिन्त संस्थाले सहरी गरिब समुदायहरूलाई लक्षित गरी सञ्चालन गरेको सहरी गरिबहरूको दिगो विकासको लागि सशक्तीकरण कार्यक्रमको फिल्ड संयोजकको रूपमा काम गर्दाको त्यो सिकाइयुक्त कार्यकाललाई म जिन्दगीको अनुपम अविस्मरणीय पलको रूपमा सदा सम्भिmरहनेछु। म वीरगञ्ज जाँदा रित्तो हात एक्लै गएकोे थिएँ तर त्यहाँबाट बिदा हुँदा वीरगञ्जेली दाजुभाइ, दिदीबहिनी र हितैषी मित्रहरूको असिम माया, ममता र स्नेहको भारी बोकेर पोखरा छिरेको छु। त्यो मेरो ८ वर्षको सबैभन्दा ठूलो कमाई हो। जसलाई म हृदयको बैड्ढमा ‘फिक्स डिपोजिट’ गरेर जिन्दगीभर राखिरहनेछु, कहिल्यै पनि खर्च गर्ने छैन।

देशमा बसेर पनि आफ्नै देशवासीसँग अपचिचित म भुसत्रि्रे ‘डुकुलण्ठक’लाई वीरगञ्जले राम्रै पाठ सिकाएको छ। वीरगञ्जले मलाई मेरो मधेसी, भूगोल र यस भूगोलभित्र बस्ने मधेसीहरूसँग नजिकबाट परिचित हुने मौका प्रदान गरेको छ।

‘मरेका मधेसीले जिउँदो पहाडीया ठग्छन्’ भन्ने खुस्कट मानसिकताले म पनि ग्रसित नभएको कहाँ हो र – गहुँगोरो छालाले ढाकिएको तर कालो, धुलो र मैलो मानसिकताबाट ग्रसित म ‘खुस्कट’ पहाडीयाको घमण्ड त्यसबेला चकनाचुर भयो जुनबेला मलाई १०३ ड्रि्रीको ज्वरो आउँदा तिनै कालो छालाले बेरिएका दिलदार मधेसी युवाहरूले ३ दिनसम्म ती युवा मित्रले अहोरात्र खटेर मेरो हेरचाह गरिरहे।

सिन्धुपाल्चोकको चुचुरोबाट काठमाडौं खाल्डो हुँदै पहिलो पटक मधेसमा प्रवेश गरेको म पहाडीया ठिटोलाई सुरुवातका दिनमा वीरगञ्जको भाषा, भेष र रहनसहनलाई आफू अनुकूल नभएको ठान्नु अस्वभाविक नहोला। शीतल हावापानीमा हुर्किएको म बबुरोलाई यहाँको नखरमाउलो गर्मीले पनि अत्याउनुसम्म अत्याएको हो।  अलि-अलि बुझिने तर बोल्न नजान्ने भोजपुरी भाषा मेरो लागि अको समस्या बनेथ्यो। यही भाषागत अज्ञानताका कारण संस्थागत कार्य सञ्चालनका निमित्त समुदायवासीसँग स्पष्ट संवाद र सञ्चार हुन नसक्नुले मेरो काम कछुवा गतिमा जसो तसो घिस्रिरहेको थियो। सङ्घसंस्थाप्रति समुदायवासीले हेर्ने नजर पनि फरक थियो। केही सङ्घसंस्थाले गरेको गलत कार्यका कारण समुदायवासीको आँखामा छापिएको सङ्घसंस्थाप्रतिको धमिलो छविलाई सफा गर्नु अको चुनौती थियो। जुन टोलमा गए पनि टोलवासीले मेरो कुरा सुन्न र बुझ्नै नमान्ने बरु ‘कति पैसा दिनुहुन्छ’ भनेर व्यङ्ग्य गर्ने गथे। महिलाहरू मसँग बोल्न लजाउँथे। पुरुषहरू ‘समय छैन’ भन्दै मबाट भाग्न खोज्थे। बालबालिकालाई जथाभावी फोहोरमा खेल्नबाट फुर्सदै नमिल्ने।

‘मान्छेको गरिबी भान्सा- चुल्हो)ले बोल्छ’ भन्ने सूत्रपात गरी सोहीबमोजिम बिहानदेखि बेलुकीसम्म, चैत्र वैशाखको टन्टलापुर घाम र पुष माघको मुटु काँप्ने जाडोको पनि पर्वाह नगरी समुदायका प्रत्येक घरघरमा पुग्ने काम गरियो। प्रत्येक घरका ढोकाढोका चहार्दै भान्सासम्म पुगियो। टोलमा विद्यमान भौतिक पूर्वाधारहरूको लिखित तथ्याड्ढ सड्ढलन गर्नुभन्दा पनि टोलवासीले भोगेका व्यक्तिगत दुख, पीडा र व्यथाहरूको बारेमा बुझ्ने कोसिस गरियो। यस कार्यले हामीहरूलाई टोलबासीहरूसँग अझ निकट हुन सहयोग पुग्यो र उनीहरूसँग आत्मीय सम्बन्ध विस्तार भयो। समुदायवासीसँगको विश्वासिलो आत्मिय सम्बन्ध विकास गर्नमा हामीले करिब डेढ वर्षको समय खर्चियौं। समुदायसँगको आत्मीय निकटतामा वृद्धि हुँदै जाँदा हाम्रा कार्यक्रमहरू पनि क्रमशः सहज रूपमा सञ्चालन हुन थाले।  महिलाहरूको एकतामा वृद्धि हुँदै गयो। हिजो घुम्टोभित्र मुख लुकाएर घरभित्रै सीमित हुने महिलाहरू ब्ाचत समूहमा आवद्ध हुँदै वीरगञ्जभन्दा बाहिरका जिल्लाहरू भ्रमण गर्न थाले। महिला हक अधिकारका विषयहरूमा छलफल गर्दै आवाज उठाउन थाले। टोल टोलमा बाल समूहहरू गठन हुँदै सोही समूहहरूमार्फत शिक्षा र स्वास्थ्यका गतिविधिहरू सञ्चालन हुन थाल्यो। गरिब समुदायका युवाहरू पनि स·ठित हुँदै सामाजिक कार्यमा अग्रसर हुन थाले। समुदायसँगको प्रत्यक्ष सहभागितामा चापाकल निर्माण, चर्पी निर्माणलगायत बाटोघाटो सुधारका कार्यहरू तीव्र रूपमा सञ्चालन हुन थाल्यो। यसरी सामाजिक, मानसिक, आर्थिक र भौतिक विकासका निमित्त लुमन्तिसँग हातेमालो गर्दै सहरी गरिब समुदायवासीले देखाएको तत्परता र सक्रियता वीरगञ्ज उप-महानगरपालिकाको कार्यालयको आँखामा समेत पर्न गयो। नगरपालिकाले पनि समुदायस्तरका कार्यक्रम स्थानीय टोलमा आधारित तिनै संस्थामार्फत धमाधम सञ्चालन गर्न थाल्यो। स्थानीय सञ्चारकर्मीले सहरी गरिब तथा दलित समुदायका गतिविधि तथा समुदायवासीको सक्रियतालाई प्रकाशन र प्रशारण गर्न थाले। विस्तारै अन्य सङ्घसंस्थाको सहकार्यतामा पनि वृद्धि हुँदै गयो। समाजसेवी, बुद्धिजिवी तथा राजनीतिक कार्यकर्ताले समेत लुमन्तिको कार्यक्रममा समर्थन र सहयोग प्राप्त हुन थाल्यो।

बचत किन र केका लागि भन्ने नबुझेका वीरगञ्जका सहरी गरिब समुदायका महिलाले यतिखेर आफ्नै सहकारी संस्था सञ्चालन गरिरहेका छन्। १४ सय महिला, ४ सय बालबालिका र २ सय पुरुष सदस्य गरी जम्मा २ हजार सदस्य रहेको सो एकता महिला बचत तथा ऋण सहकारी संस्थाको पूँजी डेढ करोड नाघिसकेको छ। लुमन्ति, वीरगञ्ज उप-महानगरपालिका कार्यालय र स्थानीय समुदायवासीको संयुक्त लगानीमा निर्मित २२ वटा चापाकल, २३० वटा निजी खाल्डे चर्पी, २२ वटा सस्तो सुलभ आवासलगायत अन्य भौतिक पूर्वाधार जस्तै बाटो, नाला, ढल तथा अन्य सार्वजनिक सम्पत्ति समुदायकै रेखदेख र संरक्षणमा उपभोग भइरहेका छन्। यतिखेर वीरगञ्ज र कलैयाका समुदायवासी बाह्य संस्थाको सहयोगबिना नै सामाजिक विकासका कार्यक्रम सञ्चालन सक्षम भइ विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आइरहेको खबर सुन्दा खुसी लाग्छ। साँच्चै हामीले चाहेको विकास र परिवर्तन पनि त यही हो।

२०६७ सालको मध्यवर्षबाट कलैयामा सुरु गरिएको सामुदायिक विकासका कार्यक्रमलाई सहज र सरल तरिकाबाट सञ्चालन गर्नमा वीरगञ्जको कार्यक्रमले ठूलो भूमिका खेल्यो। वीरगञ्जका समुदायमा देखिएका सामाजिक परिवर्तनको प्रत्यक्ष अवलोकनद्धारा कलैयामा पनि छोटो समयमैं बचत तथा ऋण कार्यक्रम लगाएत शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधारको निर्माण कार्यहरूमा स्वतस्फूत रूपमा सक्रिय जनसहभागिता जुटेको थियो।

८ वर्षे कार्यकाल समापन गरेर वीरगञ्ज र कलैयाबाट बिदा लिने क्रममा मेरा आत्मीय मधेसीहरूले झार्नुभएको वियोगको आँशुले लपक्कै भिजाएको मेरो मन जस्तोसुकै तातो घामको किरणले पनि सुकाउन सक्नेछैन। वियोगको त्यो क्षणमा हामीले बगाएको आँशुका भेलहरूसँगै प्रतिबिम्बित हाम्रो आत्मीय सम्बन्धले मधेसी र पहाडीयाको विभेदकारी सोच र विचारलाई बगाएर हाम्रो देशको सिमानाबाट बाहिर पुर्‍याइदियोस् भन्ने कामना गर्न चाहन्छु।

म यतिखेर, पोखराभित्र भाडामा बसोबास गर्ने न्यून आय भएका सहरी गरिब वर्गहरूका लागि लुमन्ति र पोखरा उप-महानगरपालिकाको साझेदारीमा सञ्चालित सस्तो सुलभ आवास निर्माण कार्यक्रमको जिम्मेवारी बहन गरिरहेछु। वीरगञ्ज र कलैयामाझैं यहाँका लक्षित वर्गहरूको सामाजिक, मानसिक र आर्थिक सवलताको लागि दत्तचित्त भएर इमान्दारिताका  आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गरेको छु।  आफ्नो आयको ठूलो हिंस्सा घरभेटीको पोल्टोमा हालेर आम्दानीको रहलपहल हिस्साबाट जसोतसो जीवन गुजारा गरिरहेका पोखराका घरजग्गाविहीन भाडावालाहरूलाई ७ वर्षभित्रमा सानो टुक्रा जमिन र सानो घरको मालिक बनाउने यो कार्यक्रमप्रति जनचासो बढ्दो छ। मलाई आशा छ, यो कार्यक्रमले लामो विगत लामो समयदेखि डेरावालाको जीवन बिताउँदै आएकाहरूलाई ‘घरधनी’को रूपमा रूपान्तरण गर्नका लागि केही हदसम्म टेवा पुर्‍याउने नै छ। पोखराका लक्षित वर्गहरूको अनुहारमा यस कार्यक्रमल थोरै भएपनि खुसीको र· पोत्न सक्यो भने त्यो नै संस्थागत उपलब्धि र मेरो व्यक्तिगत आत्मसन्तुष्टि हुनेछ। वीरगञ्ज र कलैयामाझैं पोखरामा पनि स्थानीय सरकारी गैरसरकारी सङ्घसंस्थालगायत पत्रकार, समाजसेवी तथा बुद्धिजिवी वर्गहरू समेतको सहकार्य र समन्वय हुन सकेको खण्डमा यस सस्तो सुलभ आवास निर्माण कार्यक्रमले डेरावालाको समस्यालाई मात्र होइन घरजग्गाविहीन सुकुम्बासी वर्गको समस्यालाई समेत सम्बोधन गरी अव्यवस्थित सहरीकरणलाई न्यूनीकरण गर्दै एउटा व्यवस्थित सहरको रूपमा पोखरालाई स्थापित गराउन सक्नेमा दुर्इमत नहोला।

Related News

सम्बन्धित समाचार

hero news full width