वाषिर्क राशिफल-२०७०

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७०

मेष ≤ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको यो वर्ष ग्रह गोचरहरु मध्यम रहेको छ। आफूले गर्ने वैदेशिक/स्वदेशका कार्यमा निकै प्रयास गर्नुपर्ने छ। धन सम्पत्तिको आय आर्जनमा सामान्य तथा सफलता हात लाग्ने, शुभ समाचार प्राप्त हुनुका साथै पशु चौपाय बाहनादि खेतीपातीतर्फ लाभ मिल्ने छ। धर्म कर्ममा भने निकै बल गर्नुपर्ने हुन्छ। वैवाहिक शुभ कार्यमा भने मन जाने छ। इष्टमित्रहरुबाट भेटवार्ता शुभ कार्यको शुभ समाचार मिल्ने र तपाईंको यो वर्ष सामान्य चोटको  सम्भव भएकाले गर्दा सावधानी अपनाउनु पर्दछ।

वृष ≤ (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  यो वर्ष सामान्य रहेको छ। कार्यहरुमा मन लाग्न निकै कठिनाई पर्नेछ। आफन्तजन इष्टमित्रबाट लाभ भने सामान्य रहेको छ। यो वर्षमा तपाईंले धर्मर्कर्म दान जस्ता मह·ो कार्य ज्यादै गर्नुपर्दछ। हातमा धन, मान, इज्जतमा वृद्धि हुने, पशु चौपाया खेतीपातितर्फ राम्रो आम्दानी हुने छ। वैदेशिक रोजगारमा सफलता मिल्ने र शुभ कार्यमा फल प्राप्त हुने र सफलता मिल्ने, बसोबास परिवर्तन गर्नुपर्ने अवसर छ। न्यायका कार्यमा भने सामान्य रहेको छ। विद्यार्थी र कर्मचारीका लागि पनि समय राम्रो रहेको छ।

मिथुन ≤ (क, कि, कु, घ, ङ, छ, के, को, ह )

तपाईंको यो वर्ष मध्यम खालको रहेको छ। तपाईंको पशु चौपाया बहानादीबाट आंशिक लाभ हुने छ। आध्यात्मिक र पठनपाठन बौद्धिक कार्यमा राम्रो सफलता प्राप्त हुनेछ। व्यापार व्यवसाय गर्दा भने निकै सावधानीपूर्वक गर्नुपर्छ, वैदेशिक मार्गमा बाधा अवरोध र धन चोरीको आरोप लाग्ने र सामान्य शारीरिक स्वास्थ्यमा बाधा अवरोध आइलाग्न सक्छ। आफन्त, साथी इष्टमित्रबाट राम्रो सफलता मिल्ने, कार्यमा राम्रो सहयोग पुग्ने, यात्रामा घुमफिर मांगलिक कार्य गर्नुपर्ने शुभ अवसरहरु भने पर्याप्त मिल्ने तरल पदार्थमा दुध दही तेलमा लाभ हुनेछ।

कर्कट ≤ ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) तपाईको यो वर्ष सामान्य रहेको छ। व्यापार व्यवसायतर्फ सामान्य लाभ हुने। पशु चौपाया, दुध, तेल दहिमा भने लाभ हुने छ। आध्यात्मिक चिन्तनमा ज्यादै मन  रहने छ। आफन्तव्यक्तिबाट तपाईंलाई व्यक्तिगत विवाद पर्न सक्दछ। अढैयाले तपाईलाई अनावश्यक पिरलो, खर्च बढ्ने, चिन्ताको समाचार सुन्नु पर्ने, बैदेशिक रोजगार मिल्ने पारिवारिक चिन्ता र वैमनस्यता हुनेछ। न्यायका कार्यमा सफलता, व्यापार व्यवसायतर्फ सफल हुने। वैवाहिक मांगलिक कार्यमा लाग्ने अवसर मिल्ने छ।

सिंह ≤ (मा, मि, मु, म, मो, टा, टि, टु, टे ) तपाईंको यो वर्ष राम्रो रहेको छ। माङ्गलिक, आध्यात्मिक चिन्तनमा मन लाग्ने देखिन्छ। आफन्तजन, इष्टमित्रबाट राम्रो सफलता मिल्ने छ। सरकारी कर्मचारीबाट कार्य गर्न सफलता मिल्ने छ। लेनदेनमा तपाईंको राम्रो छ। तपाईलाई कतै अनावश्यक झै-झगडामा फसाउने व्यक्तिले मान प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास गर्नेछन्। निकै होसियार हुनुपर्ने छ।

कन्या ≤ (टो, प, पी, पू, ष, ण, ढ, पे, पो ) यो वर्षको काम सामान्य रहेको छ। शारीरिक स्वास्थ्य रोगव्यथाको प्रकोप समाधानका उपायहरु विकसित होलान्। पतिपत्नीबीचको माधुयताले दाम्पत्य सुखपूर्वक बित्ने देखिन्छ। राजनीतिक प्रतिष्ठित व्यक्तिको हैसियत कायम गराउला। घर जग्गाको कारोबारको जीवन सञ्चालनमा निकै मद्दत पुर्‍याउला। पशुपालन व्यवसाय, कृषि कार्यले जीवनस्तरमा सुधार ल्याई आर्थिक सन्तुलन मिलाउने छ। बौद्धिक स्थिति सप्रँदैजाने छ। पर्ढाई लेखाइबाट आर्जन हुनेछ। धार्मिक क्रियाकलापले सन्तोषको वातावरण बताउन नसक्ला, विदेशिनु पर्ने बाध्यता आउनसक्छ। आफूले गर्ने जुनसुकै कार्य यात्रा, धर्म, कर्म प्रति निकै लाग्नुपर्नेछ। टाढा रहेका इष्टमित्र कुटुम्बको आगमन हुनेछ। कतै यात्राका अवसर मिल्ने। आफन्तजनलाई घरायसी सहयोग पुर्‍याउनुपर्ने छ।

तुला ≤ (रा, री, रू, रे, रो, ता, ती, तु, ते ) तपाईंको यो वर्ष भने मध्यम खालको रहेको छ। शनिको मध्य साँढेसाती दशाका कारण पारिवारिक र पशुचौपायाबाट केही क्षति नोक्सानीको सामना गर्नुपर्नेछ। विभिन्न कार्यहरुमा अवरोधको चपेटा र आर्थिक कष्टले दैनिक दिनचर्यामा आँच आउन सक्ने देखिन्छ। आफूले गर्ने घर जग्गा बेचबिखनतर्फ भने सामान्य रहेको छ। धार्मिक कृतनतर्फ मन लाग्ने यात्रा गर्ने अवसर मिल्ने छ। वैदेशिक इष्ट मित्रको आगमन हुने, घर परिवार ठाउँ परिवर्तन गर्नुपर्ने हुन्छ। न्यायका कार्य भने सफल रहेको छ। तेल दुध तरल पदार्थमा भने सफलता मिल्ने, आर्य आर्जनमा वृद्धि हुने छ। व्यापार व्यवसायतर्फ क्रमिक सुधार आउन निकै लाग्नुपर्ने देखिन्छ।

वृश्चिक ≤ ( तो, ना, नि, नू, ने, या, यि, यू) तपाईको यो वर्ष भने अत्यन्त बोल्नुपर्ने बाध्यताको सृजना गराउला। आफ्नै वाणीलाई काबुमा राख्न नसक्दा आफैलाई नोक्सानीको सामना गर्नुपर्ला भने पतिपत्नीबीचमा खटपट, खुट्टा तान्नेहरु प्रसस्त मात्रामा हुनेछन्। शनि आधा साँढे साती दशाको प्रकोपले मानसिक अशान्ति धार्मिक र आध्यात्मिक क्षेत्रमा मनमा कमी रहला, पशु चौपाय वहानादिबाट भने सामान्य लाभ मिल्ने छ। आफूले निकै संर्घर्षका बावजुत काम गर्ने मौका मिल्ने छ। आफन्त इष्टमित्र बन्धुबान्धवबाट सामान्य लाभ लिन सक्नु हुनेछ। पारिवारिक वा छरछिमेकमा भने केही घटा पर्नसक्छ धार्मिक कार्यको शुभ अवसर प्रशस्त मात्रामा हुनेछ। लेनदेन व्यापार तर्फ दुध दहिबाट राम्रो लाभ पुग्ने छ।

धनु ≤ (य, यो, भा, भि, भू, ध, फा, ढ, भे ) तपाईको यो वर्ष आफ्नै मनले चिताएको कार्यमा राम्रो फल पाइएला। राजनीतिमा आफ्नै पक्ष बलियो बन्ला। नोकरीबाट भने प्रसन्नता हराउला। आफना दाजुभाइ, इष्टमित्र कुटुम्बबाट भने राम्रो सहयोग पुग्ने देखिन्छ। पति पत्नीको राम्रो सम्बन्ध रहने छ र कार्यमा मद्दत मिल्ने, कमाइको खोजी हुनेछ। तपार्इंको रोग व्याधीका कारण रक्तचाप जरो हुनसक्छ। सामान्य चोटपटक लाग्ने, खर्च बढ्नसक्ने, पिरलोको समाचार सन्नु पर्नेछ। आफूले निकै धार्मिक कार्यमा लाग्ने अवसर भने कायम राख्दा शुभ हुनेछ। व्यापार व्यवसायतर्फ राम्रो लाभ हुने छ।राजनीतिक क्षेत्रमा तपाई सफल हुनुहुनेछ। कृषिजन्य कार्यबाट राम्रो लाभ हुनेछ। कतै नयाँ कार्यको खोजी हुने मान प्रतिष्ठा बढन् छ।

मकर : (भो, जा, जी, जू, जे, जो, ख, खि, खु) तपाईको यो वर्ष सन्तोषजनक रहेको छ। आध्यात्मिक चिन्तनतर्फ भने राम्रो रहेको छ। न्यायका कार्यमा आफ्नो बौद्धिकता बहेर जाने छ। व्यापार विनिमयबाट सामान्य लाभ हुनेछ। वैदेशिक कार्यक्रममा भने राम्रो छ। पशु चौपाय बहानादिबाट समुचित लाभ हुनेछ। धार्मिक किर्तन, वैवाहिक कार्यमा समय दिनुपर्नेछ। आफ्ना नातापर्नेहरुबाट सामान्य काम हुनेछ। खेतीपातितर्फ शुभ रहेको छ। टाढाका साथीभाइको आगमन हुनेछ। तपाईंको हातमा केही धन सम्पत्ति आर्जन हुने मान प्रतिष्ठामा आँच आउने छ। सरकारी कर्मचारीबाट सहयोग पाउन निकै संर्घर्ष गर्नुपर्ने विद्याथिहरुका लागि भने लेखाई पढाइमा मन जाने छ।

कुम्भ : (गु, गे, गो, सा, सी, सु, से, सो, द) : तपाईंको यो वर्ष राम्रो रहेको छ। तपाईंको ग्रहगोचर अनुसार नयाँ कार्यको थालनी हुने, वैदेशिक रोजगारको सुनौलो अवसर हुनेछ। इष्टमित्रजन, दाजुभाइहरूबाट राम्रो सफलता पाउन गाह्रो पर्ने हुन्छ। तपाईंको यो वर्ष सवारी साधनको किनवेच हुनेछ। ठाउँ परिवर्तन हुनेछ। पशु चौपाया खेतीबाट राम्रो लाभ हुन नसकेपनि सामान्य नै रहेको छ। लेनदेनतर्फ भने सामान्य रहेकोछ। कतै झैझगडा गर्दा भने सावधानी अपनाउनु पर्नेछ। तपाईंले यस वर्ष ठाउँ परिवर्तन गर्नुपर्ने देखिन्छ कतै धोका कतै झमेलाहरु पर्न सक्छ। सामान्यतया तपाईले सावधानी अपनाउनु नै शुभ हुनेछ।

मीन : (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची): तपाईंको यो वर्ष मध्यम  रहेको छ। तपाईको शारीरिक स्वास्थ्यमा रोगव्याधी, वायु, मधुमेह, रक्तचाप आदि रोगले सताउने चिन्ता पार्नसक्ने हुँदा सावधान रहनुपर्नेछ। तपाईंको हितैसी आत्मीयनजबाट कतै विश्वासघात र असन्तोषजनक स्थिति भए पनि बौद्धिक कार्यबाट यदाकदा लाभको सम्भावना रहेको छ। तपाईंको आफ्नो ग्रह गोचर अनुसार र अढैया शनि ग्रहको अनुसार कतै झमेला कतै राम्रो हुने र कतै अशुभ हुनसक्छ। पशु चौपायबाट लाभ हुने, वहानादिबाट पनि लाभ हुनेछ। तपाई अध्ययन अध्यापनतर्फ बढ्ने, कतै शुभ समाचार सुन्न पाइने। दुध, दहि, घ्युतर्फ र कपडातर्फ भने शुभ रहेको छ। जग्जा बिक्री गर्नुपर्ने धर्मर्कर्ममा मन दिनुपर्ला, वैवाहिक आध्यात्मिक क्षेत्रमा मन जाने छ। यो वर्ष २०७० सालको राशिफल कतै मेल नखाएता पनि आफ्नो कार्य गर्न नछोड्नु कार्यमा सफलता मिल्ने छ।

(लेखक नेपाल ज्योतिष परिषद् कास्कीका सदस्य हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width