युवावर्गहरूमाथि सरकारी रवैया

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७०

स्वरोजगार कोषको आ.व. ०७६/६८ सालको नतिजा हेर्दा तीन जिल्लामा २७ जना युवामात्र स्वरोजगार बनेको देखिन्छ, -सौर्य दैनिक, कात्तिक २७, ०६९)।नेपालबाट वर्षेनी लगभग ५ लाख ५४ हजार युवा विदेशिने गरेको नेपालको एक आधिकारीक तथ्याड्ढले बताएको र यसरी युवाहरू यही दरमा विदेशिने क्रम चलिरहेमा २० वर्षपछि नेपालमा केवल बूढाबूढी मात्र रहनेछन्।र नेपाललाई विश्वमा बूढाबूढीको देश भनेर चिनिनेछ। -कायाकैरन, माघ ३, ०६९)। कायाकैरनको बिहानीको यो सूचनामूलक, चेतावनीमूलक र शिक्षामूलक खबरले होस् वा अन्य पत्रपत्रिकामा प्रकाशित भएका यस्तै खाले खबरहरूले होस्, जो कोही स्वाभिमान नेपालीको मन पिडाले नछटपटिएला भन्न सकिन्न – अझै अर्को चर्को कुरा त केहो भने विदेशीनेहरूको जिउज्यानको सुरक्षाको आश्वस्तता हो ।

नेपालका होनाहार युवा युवतीहरू दिनहुँ विदेशीने क्रमलाई मूल्याड्ढन गर्दा, यसको दर विगतका वर्षहरूको तुलनामा भन्दा वर्तमान्मा झन्झन उकालो लागेको प्रमाण विभिन्न समयमा प्रकाशित हुने तथ्याड्ढबाट प्रष्ट भइसकेको छ।यद्यपि यो भयावह स्थितिको समाधानको बारेमा सम्बन्धित निकाय वा सरकारको ध्यान बिल्कुलै आकषिर्त हुन सकेको छैन।सरकार वा सम्बन्धित निकायको ध्यान यतातिर आकषिर्त नहुनुमा कुन कुन तत्व जिम्मेवार छन् भनेर यहाँ प्रष्ट पार्नुभन्दा पनि सरकारले युवाहरूको महत्त्व बुझन नसकेको हुन सक्छ भन्ने मेरो विश्लेषण हो।त्यसैले युवाहरूको महत्त्व र अपरिहार्यको कुरालाई यहाँ खोतलखातल पार्ने जमर्को गरिरहेको छु।

युवा जुनसुकै राष्ट्रका पनि निधि र खम्बा हुन्।युवा वर्तमानका नागरिक हुन् भने भविश्यका लिडर हुन्।युवा राष्ट्र निर्माणका मेरुदण्ड हुन् भने परिवर्तनका बाहक। परिवर्तन र युवा एक अर्काका पूरक हुन् भने अदम्य साहसका खानी हुन् ।जोस र जँागरका लागि युवाहरू सौर्य हुन् भने क्रान्तिका अगुवा। युवाहरू सदा अगाडि बढिरहने प्रगतिका द्योतक हुन् भने ढिला सुस्ती र पछौटेपनका कट्टर विरोधी। युवाहरू अविरल रूपमा कलकल बग्ने छहरा हुन् भने स्वच्छ, सुन्दर र र·हीन अवयका साक्षी हुन्।

युवाको महत्त्व बुझेर नै हुनुपर्दछ  हिटलरले सन् १९३२ मा युवाहरूलाई ससक्तरूपमा स·ठनमा आवद्ध गराएर विश्व विजय गर्ने अदम्य साहस गरे।उनको अति महत्त्वाकाँक्षाले विश्वविजय गर्ने सपना चकनाचुर भए ता पनि उनमा जुन चमत्कारिता थियो त्यसको सबैभन्दा प्रमुख कारण भनेको उनको तत्कालीन समयमा युवावर्गसँगको  तादात्म्य सम्बन्धको कारण हो।युवाहरूको सम्बन्धमा कमरेड माओत्सेतुडले भनेका छन्-‘यो दुनियाँ त्रि्रो हो, यो हाम्रो पनि हो।तर, अन्त्यमा यो त्रि्रै हुनेछ।तिमी नवयुवकहरू आज र जीवनशक्तिले भरपूर, बिहानीका आठ या नौ बजेको सूर्यझैं आफ्नो जीवनको सदावहार अवस्थामा छौ। हाम्रो आशा र भरोसा तिमी माथि छ। यो विश्व त्रि्रो हातमा छ।’ (माधवकुमार नेपाल तनहुँ प्रवाह २०६९,) अतः यो भनाइबाट पनि प्रष्ट हुन्छ कि माओत्सेतुडले चीनको महानक्रान्ति सफल गराउनमा युवाहरूको भरभराउँदो शक्तिलाई अधिकतमरूपमा उपयोग गरे।अर्थात महान देशको महान क्रान्ति सफल तुल्याउनमा चीनका युवायुवतीको हात उनको सबैभन्दा बलियो हतियार थियो भन्दा कुनै अन्युक्ति नहोला।

विश्वका जुनसुकै देशका युवा पनि शक्तिले भरिपूपूर्ण भएका तेजस्वी, जोसिला र जाँगरिला हुन्छन् भन्ने कुरो हामीले कुनै पनि हालतमा भुल्न हुँदैन।नेपालको परिप्रेक्ष्यमा यस्ता युवाहरूको दिनहुँ विदेशिने प्रवृत्तिले गर्दा कुनै दिन नेपालको परिचय, शान र गौरव उजाड नहोला भन्न सकिन्न।विगतका केही वर्षयता नेपालको शान्ति प्रक्रिया खजमजिए देखि, हुनेखानेले आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउने र पढिसकेपछि उतै जागिर खाने र बस्ने चलनले गर्दा विदेश गएर सिकेको स्तरीय सीप भनौ वा आधुनिक सीप स्वदेशमा भित्रिन सकेकेा छैन भने अर्कोतिर नेपालमै राम्रो अड्ढ प्राप्त गरी विभिन्न विधामा पास गरेका युवाहरूले पनि राम्रो रोजगार नपाएको झोकमा आफ्नो देशमा बस्न चाहिरहेका छैनन्।उत्कृष्ट म्यानपावरलाई विदेशिन बाध्य गराई लुरेल्या·रे म्यानपावरले हाम्रो राष्ट्रको काम चलाएको अवस्था छ, आज नेपालको।मैले, एकजना छोरा अमेरिकामा पढाउने भिनाजूलाई ‘भान्जाले अमेरिकाको आफू पढेको यूनभर्सिटी टप गरेर ठूलो नाम कमाउनुभएछ, अब नेपालमै बोलाउनुपर्‍यो’ भनेर भन्दा उहाँले मलाई मज्जाले झपार्नुभयो र भन्नुभयो-‘तेरो नेपालमा के छ र मैले छोरो बोलाउनी ? यहाँ त जागिर होइन, जिउज्यानको पनि सुरक्षा छैन। तिनै नेता भनाउँदाहरूले त आफ्ना छोरा छोरीहरू विदेशमा राखेर पढाएका वा जागिर खुवाएका छन्।उनीहरूहरूको हातमा राष्ट्रको शान्ति शुरक्षाको  चापी छर त आफ्नो देशमा भर नभएर विदेश लगेका छन् भने हामी त सर्वसाधारण … आदि आदि।’ यो वास्तविकतालाई मैले स्वीकार गर्न बाध्य भएँ र चुपलागेर बसेँ। हुन पनि हाम्रो देशलाई आजको जस्तो विजोगको हालतमा पुर्‍याउने काम हाम्रा ठूला नेता भनाउँदाहरू र उच्च पदस्थ कर्मचारीहरूको अकर्मण्यताको कारणबाटै भएको हो।नेताहरूमा नत जनतालाई सम्मान गर्ने बुद्धि आयो नत युवाहरूको कलकलाउँदो ताकतलाई उपयोग गर्ने साहस पलायो। यही पराकाष्टाको कारण हाम्रो मुठ्ठीभित्र भएको शक्ति बढारिँदै छ ।

देश जनता र तिनीहरूको समय अनुसारको आवश्यकतालाई धोती लगाएर आफ्नो मात्र नबज्ने डम्फू बजाउनमा उद्यत छन् आजका प्रशासकहरू।न त उनीहरूबाट देशको कल्याण हुन्छ, न त कुनै राम्रो आयोजनाको थालनी। केवल हुन्छ त आसेपासेहरूको बोलबाला र मुहुरे, लाठेहरूको चलखेल।देशले गुमाइरहेको अस्मितामाथि कत्ति पनि चासो नभएकाहरू आजको  यस्तो छताछुल्लको अवस्थामा रमिता हेरिरहेका छन्। उनीहरूमा युवायुवतीको खेर गइरहेको जाँगर सीपलाई सड्ढलन गर्ने नत सोच छ नत कुनै जिम्मेवारी।

वर्षेनी हाम्रा युवायुवतीको पलायनले हाम्रो देश कहाँ पुग्ला र कस्तो होला – एउटा गभ्भीर सोचनीय विषय हो। युवाहरूलाई रोजगारको प्रत्याभूति गर्न नसकेको सरकारले युवाहरूलाई स्तरीय पढाइको व्यवस्था पनि गर्न सकिरहेको छैन।वर्षेनी भर्नाको समयमा हुने विभिन्न प्रकारका लापरबाही व्यवहारले र अस्वस्थ प्रतिस्पर्धाले भर्ना हुन जाने विद्यार्थीमा नैराश्यता उत्पन्न हुनु स्वभाविकै पनि हो। बन्द, हडताल र लठैत युवाहरूको बढ्दो प्रभावले हप्तामा तीन दिन पनि राम्ररी पढ्न चाहने विद्यार्थीले पढ्न नपाउनु अर्को खेदको विषय हो।त्यस्तै ठीक समयमा परीक्षा लिने वातावरणको सिर्जना गराउन नसक्नाले वर्षौं वर्षसम्म एउटा तह पास हुनको लागि कुरेर बस्नुपर्ने बाध्यता छ। यी र यस्तै अनेकन कारणले गर्दा आज नेपाललाई नेपालआमा भनेर यिनलाई मातृभूमिको नाम र माया जपेर बस्ने कर्मठ युवाहरूको मनमा तनाव उत्पन्न भइरहेको अवस्था छ। मातृभूभिको नाउँमा देशको रक्षाको लागि ढाल बनेर बसिरहेका हाम्रा अनुशासित युवायुवतीको सम्बन्धित सरोकालावालाबाट कुनै वास्ता नहुनु, तर विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न अपराधीको संरक्षणमा राज्य खरो तरिकाले उत्रनु कहाँसम्मको राज्यको लाचारीपना हो ? यस प्रकारका कुरामा राज्यले आफ्नो बहुमूल्य समय बिताउनु तर उनका राम्रा कुराहरू (जसले देश विकासमा महत्त्वपूपूर्ण भूमिका खेल्दछ) लाई नजरअन्दाज गर्नाले राज्यको वास्ताविक सोचाइ कोमाथि के रहेछ  भन्नेकुरा प्रस्टसँग अनुमान गर्न सकिन्छ।

विश्व कम्युनिस्टमा एउटा महानायकको भूमिका निर्वाह गर्ने रुसका महान नेता ब्ला.इ.लेलिनले युवावर्गहरूमा भएको असीम कर्तव्यपरायणता, अटल विश्वास  र अविचलित उनका पाइलाहरूको अचुक मूल्याड्ढन गरेर उनले विश्वका सम्पूर्ण युवालाई राम्रो बाटोमा लाग्न र अध्ययनशिल बन्नको लागि यसरी सल्लाह दिए-‘आजका युवा पिँढीहरूको प्राथमिक काम हो अध्यन, अध्ययन र फेरी पनि अध्ययन गर्नू।’ अध्ययनले नै मानव जगतलाई एउटा वास्तविक बाटोमा डोर्‍याउन मद्दत गर्ने हुनाले तत्कालीन परस्थितिको सही मूल्याड्ढन गरी उनले यो अद्विदतीय वाणीलाई अधि सारेका हुन्। हाम्रा पनि सरकार वा सम्बन्ध निकायका रिग्ने कुर्चीमाथि बस्नेवालाहरूको पनि यस्तै राम्रा सोचको अड्ढुरण हुन सके आजको गुम्दै गइरहेको साखमा केही हरियाली छाउने थियो कि ?

Related News

सम्बन्धित समाचार

hero news full width