महिला शक्तिको पहिचान नगरे समयले धिक्कार्नेछ

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७०

कहिल्येसम्म महिला अधिकारका विषय सहज बन्न सक्छ यकिन भन्न अझै अप्ठ्यारो छ। सत्य युगमा दानव र देवताबीचको युद्ध जसरी हुन्थ्यो सायद त्यही प्रकृति रउद्देश्यबाट आज पनि समाजमा द्वन्द्व भइरहेछ मात्र समय र परिस्थीति भिन्न छन्। जबजब सफलता सड्ढटमा देखिन्छ त्यहाँ महिला शक्तिको आवश्यकता महसुस गर्ने गरेको पाइन्छ। शक्ति भन्नु नै महिलाहरू हुन भन्ने यथार्थतालाई भुलेर ममता र सहनशीलताको ओढ्ने ओढाएर खोरमा थुनेका समस्त महिला शक्ति अब सैद्धान्तिक, व्यवहारिक पक्षबाट नै आफ्नो अधिकार र कर्तव्यको खोजीमा घरबाट नीतिनिर्माण तहसम्म पुग्नका लागि अघि बढ्नैपर्दछ। मै खाउँ मै लाउँ मरून् सबै … यो विचार कसैले समाजबाट निम्टि्यान्न पार्न सक्छ भने ती महिलाहरू नै हुन् एउटी आमाको बलिदानी जीवनप्रति समाजले गौरव गरेर यसका परिणामबारे बुझ्न जरूरी छ। आडम्बरी सिद्धान्तबाट सभा र भेला सम्पन्न हुन सक्छ मानव जीवन र सम’दाय व्यवस्थित र विकशित हुन सक्दैन। सदा आफ्नो संस्कार संस्कृत्रि्रति वफादार महिलाहरूले आफ्नो अधिकारभन्दा अरुको सुख र शन्तिका लागि खर्चिएका महत्त्वपूर्ण समयहरू देश विकासमा दिन सके देशको मुहार कस्तो हुन्थ्ग्यो होला ? देशको आधा हिस्साभन्दा बढी जनसङ्ख्या भएका महिलाहरूले घरको सम्पूर्ण अभिभारा लिएर पनि समाज निर्माणमा समय दिँदा कस्तो प्रगति हुँदारहेछन् भन्नेतुलानात्मक हिसाब आइसकेको अवस्थामा पनि अझै महिलाको हरेक तह र तप्कामा सहभागी कम हुनु र नेतृत्वका लागि अघि आउँदा अवसर नपाउनुको पछाडि कारण के हुन सक्छ ? कुनै महापुरुष र समाजवादका हिमायतीहरूबाट रूपान्तरणको एउटा सही नम’ना देखाउन नसकेको तथ्यलाई कसरी परिवर्तन गर्न सकिन्छ आज जनतासम्पूर्ण चिन्तामा छन् यहाँ अधिकार सबै देश वासीको सुनिश्च्ित हुनुपर्छ पिछडिएका वर्गलाई समान सहभागिताका साथ अवसर प्रदान गरिनुपर्दछ भनिरहेको समयमा आशाको दियो लिएर हिँडेका महिलाहरू पीडित महिलाहरूको अधिकारको सर्न्दर्भमा चासो ज्यादै बढिरहेको छ।

हो, परिवर्तन जादुको छडी हैन, विस्तारै समाजको स्वरूप मूल्य मान्यताहरू परिवर्तित भइरहेको भन्नुपर्छ तर कताकता त्यो परिवर्तनमा खुसी र समानताको दृष्टिकोण पाइँदैन। आफूले हिजोसम्म हेपेको मान्छेलाई आज समान स्थान दिँदा त्यति सजिलो वातावरण नभएको स्पष्ट देखिन्छ। वास्तवमा कुनै यान्त्रिक शक्तिबाट यो सामाजिक संरचनाको दृष्टान्त र्छल· पार्ने हो भने हरेक मानिसको मनमा पसेर बुझ्ने हो भने मात्र एउटा तस्िवर देखिन्छ पहिला म को पुरुष यो समाजको प्रमुख व्यक्ति पछि उनको परिवार पछि उनको आफ्ना आफन्तपछि सङ्घसंस्था पार्टीला आफ्नो बनाएका मानिसहरू अन्तमा यी नारीहरू यति सङ्ख्यामा र यति प्रतिशत समावेशीलाई देखाउन चाहनेहरूले के साँच्चै महिलाको नेतृत्व स्वीकार्न सकेका छन्। यस्तो चुनौतीपूर्ण समयमा महिलाले आफ्नो अधिकार र मानव भई जन्मनुको अर्थलाई धर्मभित्र मात्रै सुरक्षित राख्छन् गलत प्रक्रियाको खुलेर प्रतिकार गर्दैनन् भने महिला मुक्ति पूर्णतः सम्भव छैन र निरन्तर समाजमा शोषण दमन र अधिकार हननजस्ता अमानवीय व्यवहारहरू भइरहनेछ। समयको महत्त्वलाई मनन गरेर महिलाहरू समयसँगै अघि बढ्न आफ्नो क्षमता विकासका साथै आर्थिक उन्नतिको बाटोमा अग्रसर हुन ढिला भएमा एक पाइला पछि पर्ने कुरा निश्चित छ। समयलाई कहाँ कसरी विभाजन गर्ने कुन समयमा कुन काम महिलाले गर्नुपर्छ आफ्नो कार्यतालिका तयारी हुन’ जरूरी छ। आजसम्म पनि हरेक महत्त्वपूर्ण विषयमा निर्णय लिन पुरुषको सल्लाह र मसौरा लिनुपर्ने पर निर्भरताजस्ता स्वभावले महिलाको निर्णायात्मक क्षमतामा कमी भएको देखिन्छ। म मेरो घर परिवारप्रति जति सजग छु जिम्मेवारपूर्ण छु त्यति नै म मेरो देश र समाजप्रति होशियारर्कर्तव्यपारायण रहनु मेरो नागरिक अधिकार हो भन्ने कुरालाई कतै भुलेका त छैनौं – महिलाहरूले समाजमा विद्यमान कु विचार र नकारात्मक प्रक्रियाको विरुद्धमा जहाँ जहाँ छांै महिला नै हांै कुनै पार्टी दल विषय र जातिबाट अभिन्न छैनौं।

हाम्रो मुद्दा र सवाल एउटै हो भन्ने वास्तविक अन्तरसम्बन्धको पकड बलियो बनाउनु अपरिहार्य भएको देखिन्छ। महिलामाथि हुने कुनै पनि अत्यचार र अन्यायको लागि सारा नेपाली महिलाहरू एकजुट नभए भोली यो देशको साँचो विकास पनि सम्भव छैन । यहाँ विभिन्न स्वार्थमा मानिसहरूको भागदौड भइरहेकोबेला महिलाहरू किन पछि पर्ने आवश्यकता बराबरीको हो। हरेक कुरा अरुले गर्छ वातावरण बन्छ र गर्छु वा कुनै कठिन कार्य कानुनबाट मात्रै सम्भव छ भनेर आशा र सहाराको खेाजी गरिरहँदा यसले पनि पछि पर्न सकिन्छ। परिवर्तन आफैबाट गर्नुपर्दछ जसले अरुको लागि पनि बाटो बन्न सकोस्। आज तपाइँले कोरेको चित्र नै पछिका सन्ततीहरूको मार्गचित्र बन्नेछन्। अब शिक्षाकैकारणले महिला पछि पर्न पर्दैन इमान्दारिता सहनशीलता र परिश्रमी महिलाहरूको इच्छा शक्तिबाट ठूला ठूला निर्माणका कामहरू विकासका गतिहरू अघि बढिरहेका छन्। बाँच र बचाऊजस्ता सिद्धान्तलाई अब महिलाहरूले अबलम्बन गर्नैपर्छ। तेरो र मेरोको छिनाझपटीमा एउटा जंगलमा राजा बनेको सिंहले नजिते त्यो रुग्ण मानसिकता भएकोले कसरी जित्न सक्छ ? कहिलेसम्म हो एकलौटी अधिकार कहिले सरल र सुगम मार्गबाट समाज निर्माणका हरेक कार्यमा महिलाको सहज समावेशी हुन सक्छ। सङ्र्घष्ा देखिएका नदेखिएका अव्यक्त र व्यक्त धेरै छन यद्यपि महिलाको समानुपतिक सहभागितालाई बडो बुलन्द आवाजमा सुनाउने समाजका ठेकेदारहरूलेमहिला प्रतिस्पर्धामा तयारी नभएको पनि भन्न चुकेका छैनन् कठै महिलाको अवस्था पहिला पढ्न दिएन पछि घरभित्रको काममा लदाएका छन् पछि थोरै समय समाजमा दिन्छु भनी निस्कदा त्यसको मूल्याड्ढन कसैबाट हुन सकेको छैन। हजारौं वर्षदेखिको महिला पुरुषबीचको यस्ता विभेदलाई अन्त्य गर्नका लागि जे जति नियम कानुन बने पनि व्यवहारिकतामा नपाउनुका कारण के हुन सक्छ कतै महिला स्वयं पनि यसमा कमजोर पक्ष त हैन अहिले – समस्या महिला र पुरुषको मात्र नभई यहाँ सारा देशवासीको छ अधिकार सबैले समान पाउनुपर्छ अझ महिला विरुद्धका सबै प्रकारका हिंसाको अन्त्यका लागि कडा कानुन बनाई प्रभावकारी रूपमा कार्यन्वयन गर्नपर्ने विषय महत्त्वपूर्ण छ र ३३ प्रतिशत महिलाको सहभागिता स्थायित्व र ५१ प्रतिशतको दाबीका लागि  यसपालीको चुनावमा महिलाको बहुमत जरूरी भएको छ। तसर्थ सवल र समृद्ध नेपाल निर्माणका लागि हुन लागेकोयो दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो बहुमूल्य भोट दिने अधिकारबाट कुनै परिस्थितिमा पनि महिलाहरू रोकिनुहुँदैन र जनताले खोजेको सन्तुलित र सही नेतृत्वका लागि महिलाले आफ्नो भोटको सही सदुपयोग गरेनौं भने भोली हामी पनि दोषी हुनेछौं। र त्यसैले सङ्क्रमणकालीन यो अवस्थामा राष्ट्रको अस्तित्व र सम्पूर्ण नेपाली जनताको भविष्यलाई खेलवाड नगरी गहन विचारका साथ आफ्नो भूमिका देखाउनु महिलाको कर्तव्य पनि हो। युगमा एकपटक हुने संविधानसभाको चुनाव त्यस माथि पनि दोस्रो संविधानसभाको यो चुनावमा अति गम्भीर भइ कतै कुनै सानो घरायसी काममा नअल्झिकन जनआन्दोलन र जनक्रान्तिले प्रदान गरेका म्याण्डेटलाई संस्थागत गर्न र यो ऐतिहासिक संविधानसभालाई सफल पार्न सबै नेपाली महिलाहरूले अहिले आन्तरिक समस्यालाई पन्छाएरआ-आफ्नो स्थानबाट अघि बढन जरूरी छ। हो अझै महिलाको अस्तित्वलाई पुरुष वर्गले प्राकृतिक रूपमा स्वीकार्न असमर्थ भइरहेको छ। किनकि यसका लागि महिला स्वयं पनि दोषी छन्। हामीले आफ्नो खुट्टामा बन्चरो हान्ने काम युगौंयुगबाट गर्दै आएका कारणले पुरुषमा अभिमानको जरा बलियो रूपमा गाडिएको छ। छोरा र छोरीको बीचमा विभेदकारी भूमिका धेरैपटक जानेर नजानेर एउटा आमाले संस्कारको नाममा अझै घर घरमा पालिरहँदा यो रोगको अन्त्य हुन सकेको छैन। तर समस्या अहिले महिला पुरुषको अस्तित्वभन्दा संविधानसभा जनताको सवोर्च्चता र सार्वभौमसत्ता प्रकट हुने समुन्नत लोकतान्त्रिक विधिलाई संविधानसभाबाट नै संस्थागत हुने भएकोले हुन लागेको संविधानसभाको मङ्सिर ४ गतेको चुनावमा आफ्नो मत अधिकारको प्रयोग गरौं मुलुक असामान्य कालखण्डबाट गुज्रिरहेको छ। आन्दोलन र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धि धरापमा परेका छन् अवसर र चुनौतीको दोसाँधमा हुन लागिरहेको संविधानसभाको निर्वाचनलाई राष्ट्रको अस्तित्व रक्षाका लागि पनि महिलामा जोश जाँगर र उत्साह लिई निर्वाचनमा आफ्नो सफल सहभागिता बनाउन पछि नपरौं। चुनावपछि सभासद् भइ जितेर जाने जनताका प्रतिनिधिहरूले चुनावको महासङ्ग्राममा बोलेका वचनलाई कुनै परिस्थितिमा पनि भुलेमा जनता अब तेस्रो पटकको संविधान आफै कोर्नेछन्। आज जसरी महिलाहरू हरेक क्षेत्रबाट देशको शन्ति सुव्यवस्थाका लागि मरिमेटेका छन् यो सविंधान सभाको सफल निर्वाचन गराउन दिनरात लागि परेका छन् उनै महिलाहरूको अधिकार संविधानमा सही ढ·ले सम्बोधन नभए फेरि दोस्रो सती यहाँ जन्मँदैन बरू एउटा अको महिला पार्टी जन्मनेछ। होशियार

Related News

सम्बन्धित समाचार

hero news full width